काठमाडौं(जस)–स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफामा ४.१७ प्रतिशतले बढाएको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशत घटेको छ । त्यस्तै, खुद फि तथा कमिशन आम्दानी ७९.८५ प्रतिशत र कुल सञ्चालन आम्दानी १.६१ प्रतिशत घटेको छ । बैंकको सञ्चालन मुनाफा भने ३.५८ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ५७ पैसा रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ४६ पैसा बढेर ३६ रुपैयाँ ५७ पैसा पुगेको छ । बैंकको ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी छ भने बैंकले जगेडा कोष ७.७१ प्रतिशत बढेको छ ।