बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १ अर्ब ४६ करोड

बुधबार, कार्तिक ७ २०८१

काठमाडौं(जस)–नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार अवधिको तुलनामा सामान्य घटेको छ । पहिलो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ६८ पैसा घटेर १७ रुपैयाँ १६ पैसा कायम भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.८० गुणा रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३०.०९ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको कुल सञ्चालन २.५० प्रतिशत र सञ्चालन मुनाफा १९. ९६ प्रतिशत घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट