बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

प्रभु बैंकको नाफा एक अर्ब बढीः अन्य वित्तीय स्थिति कस्तो छ?

बुधबार, कार्तिक ७ २०८१

काठमाडौं(जस)–प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६२ प्रतिशत मात्र बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.१६ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ९.६४ प्रतिशत, कुल सञ्चालन आम्दानी ५.९५ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा ८.९२ प्रतिशत घटेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ११ पैसा बढेर १७ रुपैयाँ ६८ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ । बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ करोड ४७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५९ पैसा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट