बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

एसबीआई बैंकद्वारा विराटनगर महानगरलाई सहयोग

शुक्रबार, असोज १८ २०८१

काठमाडौं(जस)–नेपाल एसबीआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वच्छ तथा हरियाली वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगर महानगरलाई २ लाख सहयोग गरेको छ । बरगाछी–रानी डिभाइडर सौन्दर्यकरण समिति, विराटनगरलाई बरगाछी–रानी ६ लेन सडकमा वृक्षरोपण कार्याक्रमका लागि आर्थिक सहयोग गरेको हो ।
उक्त सहयोग रकम बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंक तथा महानगरपालिकाका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले दिगो विकास तथा वातावरण संरक्षण गर्ने उदेश्यले यस्ता गतिविधिहरू समय समयमा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट