काठमाडौँ । बागमती प्रदेश निर्माण व्यवसायी महासंघमा कांग्रेस निकट लोकतान्त्रिक समूह हाबी देखिएको छ । बुधबार सम्पन्न निर्वाचनमा पदाधिकारीमा लोकतान्त्रिक समूहको बलियो उपस्थिति देखिएको हो ।
राजधानीमा बुधबार सम्पन्न महासंघको दोस्रो अधिवेशनवाट छत्र तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । यस्तै महासचिवमा चन्द्र कुमार वाइवा निर्वाचित भएका थिए भने वरिष्ठ उपाध्यक्षमा राजकुमार बुढाथोकी, उपाध्यक्षमा उमानन्द कंडेल, उपमहासचिव (नितिगत)मा रामवावु घिमिरे, उपमहासचिव (आन्तरिक)मा लक्ष्मण थपलिया र कोषाध्यक्षमा राजेन्द्र उप्रेती निर्वाचित भएका थिए । यस्तै सहकोषाध्यक्षमा दिल बहादुर वम्जन निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
जसमध्ये उपाध्यक्षमा उमानन्द कंडेल, महासचिवमा चन्द्र कुमार वाईवा, उपमहासचिवमा लक्ष्मण थपलिया, कोषाध्यक्षमा राजेन्द्र उप्रेती र सहकोषाध्यक्षमा निर्वाचित दिल बहादुर वम्जन कांग्रेस निकटका ब्यावसायी हुन् । निर्वाचनको नतिजाले आफूहरुलाई उत्साहित बनाएको महासचिव वाइवाले जानकारी दिए । उनले सबै ब्यावसायी सङ्ग सहकार्य गरेर अगाडी बढने बताए ।