बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

टानको अध्यक्षमा भारी मतसहित सागर पाण्डे र महासचिवमा शेर्पा विजयी, अन्य पदमा को-को भए विजयी ?

मंगलबार, भाद्र १८ २०८१

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा भारी मतसहित सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई १०० मतको अन्तरले पराजित गर्दै सापकोटा विजयी भएका हुन् ।

विजयी पाण्डेले ५८० मत प्राप्त गर्दा सापकोटाले ४८० मतसहित पराजित भएका हुन् । यस्तै महासचिवमा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा विजयी भएका छन् । उनले सापकोटा समुहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गरेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा पाण्डे समुहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा सापकोटा समुहका विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भएका छन् ।

त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए ।

सदस्यहरुमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे), विकास गुरुङ, सागर राई, छप्ते लामा र राजु गुरुङ निर्वाचित भएका छन् ।
टान निर्वाचनमा सरकारमा रहेको नेपाली काङ्ग्रेस, एमालेको लगाएत्को दलको तर्फबाट सापकोटा सम्युक्त उम्मेदवार बनेका थिए भने नेकपा माओवादीको तर्फबाट पाण्डे उम्मेद्वार बनेका थिए । तर पनि पाण्डेले सजिलै अत्याधिक मतले र अनौठो तवरले निर्वाचन जितेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट