बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

बिमा अभियन्ता अधिकारीले पाए एमडिआरटी फाइभ स्टारको उपाधि

बिहिबार, भाद्र १३ २०८१

काठमाडौँ । एनआरएनए मलेसियाका युवा उपाध्यक्ष नारायण अधिकारीले वीमा जगतमा इतिहास रच्दै विश्वभरका अभिकर्ताको छाता संगठन मिलियन डलर राउण्ड टेवल (एमडिआरटी २४ मिनेट्मै )तथा वान डे फाइभ टाइम्स इमर्जिङ स्टार बनी इतिहास रच्न सफल हुनुभएको छ।

मलेसियामा कर्मथलो बनाइ बिमामा समेत जोडिएर काम गरिरहेका अधिकारीले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडकोभक्तपुर (गठ्ठाघर ) शाखाबाट २४ मिनेटमा नै वीमा गराएर वान डे एमडिआरटी तथा फाइभ टाइम्स इमर्जिङ स्टार उपाधी प्राप्त गर्नु भएको हो । यसरी उपाधि पाउने नेपालमै उहाँ पहिलो हुनुहुन्छ ।

अधिकारी वीमा अभिकर्ताका रुपमा सक्रिय रहि , वैदेशिक रोजगारमा रहेका नेपालीहरुको बचत गर्ने बानी बसाल्नका सथै आफुलाइ भैपरी आउँदा पुर्ण रुपमा आफू र आफ्ना परिवारको जोखिम कभर गर्ने हुँदा सबै श्रमिकहरुलाइ विमा गराएर सबल र सुरक्षित हुन जरुरी रहेको उहाँले हामिलाइ बताउनु भयो ।

आज सबल उमेरमा भोलिको लागि बिमा गर्दा नेपाल फर्कदा केही रकम जम्मा पनि हुने र कुनै समस्यामा पर्दा बिमाले जोखिम कभर पनि गर्ने हुँदा सबैको लागि बिमा फाइदाको कुरा रहेको भन्ने उहाको भनाई छ ।

अधिकारीले मलेसिया तथा मध्यपुर्व देशमा रहेका नेपालीहरुलाई वीमा सचेतना जगाउँदै वीमामा आवद्ध गराउँदै आउनु भएको छ। केही महिनाभित्रमा नै मलेसियामा हिमालयन लाइफ इन्स्योरेन्सको शाखा स्थापना गर्ने र खाडीका देशमा पनि विस्तार गर्ने तयारीमा रहेको अधिकारीले बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट