शुक्रबार, साउन २२ २०८३

शुक्रबार, साउन २२ २०८३

नेपाल चेम्बर अफ कर्मशको अध्यक्षमा अग्रवाल निर्वाचित, वरिष्ठ उपाध्यक्षमा दीपक मलहोत्रा चयन

मंगलबार, चैत्र २७ २०८०

काठमाडौं(जस)–नेपाल चेम्बर अफ कमर्शको अध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन् । चेम्बरको विधान अनुसार चेम्बरको ७३ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो ।
अग्रवाल यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपक मलहोत्रा निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा वाणिज्यतर्फ उर्मिला श्रेष्ठ, उद्योगतर्फ दीपक श्रेष्ठ, जिल्लानगरतर्फ सन्तोषकुमार पाण्डे, वस्तुगततर्फ सुरेन्द्रकुमार श्रेष्ठ, संस्थागत द्विराष्ट्रियबाट निलकण्ठ चौलागाईँ र मानार्थ उपाध्यक्षमा अर्जुनप्रसाद शर्मा निर्वाचित भएका छन् ।
यसैगरी प्रदेश अध्यक्षहरुमा कोशीबाट सुरेशमान श्रेष्ठ, मधेशबाट अमरनाथ गुप्ता, बागमतीबाट सिद्धिलाल श्रेष्ठ, गण्डकीबाट किसान सुनार, लुम्बिनीबाट टंकप्रसाद पोखरेल, कर्णालीबाट लक्ष्मण न्यौपाने र सुदुरपश्चिमबाट विनोद मल्ल सर्वसम्मत रुपमा चयन भएका छन् । यसैगरी चेम्बर नयाँ कार्यसमितिले सदस्यहरुमा लीमा अधिकारी, नयन बहादूर खत्री र सुशान कर्माचार्यलाई सदस्यमा मनोनित गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार