शनिबार, साउन २३ २०८३

शनिबार, साउन २३ २०८३

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा पाँचथरको डेरी बजारमा

बुधबार, फाल्गुन ९ २०८०

काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँचथरको फिदिम नगरपालिका १२, डेरी बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

शाखारहित बैंकिङ सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, १२ नम्बर वडाका वडाध्यक्ष कमलप्रसाद चापागाईँ तथा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्तरुपमा गरेका हुन्। यससँगै बैंकको शाखारहित बैंकिङ सेवाहरुको संख्या २ सय ७५ पुगेको छ।

शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानीलगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ।

७७ वटै जिल्लामा रहेको बैंकले आफ्नो ३५५ शाखा कार्यालय, ३७८ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार