शनिबार, साउन २३ २०८३

शनिबार, साउन २३ २०८३

नेपाल व्यवसायी संघ कतारको दोस्रो साधारणसभा सम्पन्न,अध्यक्षमा चम्लागाई,महासचिवमा न्यौपाने र कोषाध्यक्षमा कार्की

उपाध्यक्षमा भाट,शर्मा,रेग्मी,भट्ट,कोईराला र सचिवमा पोखरिया,घिमिरे र देवकोटा

आइतबार, माघ १४ २०८०

दोहा,कतार-नेपाल व्यवसायी संघ कतारको दोस्रो साधारण सभा शुक्रबार दोहास्थित होटल वेष्टीनमा सम्पन्न भएको छ । सो साधारणसभाबाट महेन्द्रप्रसाद चम्लागाईको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ । सन २०१८ मा स्थापित संघको संस्थापक अध्यक्ष चम्लागाई दोस्रो कार्यकाल २०२४–२०२८ का लागि अध्यक्षमा र निर्वतमान सल्लाहकार शंकरप्रसाद न्यौपाने महासचिवमा निर्विरोध निर्वाचित भएका हुन ।

नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता एवं कतारस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख कुमार राईको विशिष्ठ आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहको सभापतित्व संघका अध्यक्ष चम्लागाईले गरेका थिए ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले संघद्धारा गरिएका कार्यहरुको संक्षिप्त चर्चा गर्दै उच्च प्रशंसा गरेका थिए । ढकालले आगामी दिनमा महासंघ र संघवीच परस्पर सहकार्य गर्नुपर्ने अपरिहार्य रहेको बताए । यसले नेपाल सरकारद्धारा मान्यता प्राप्त व्यवसायीहरुलाई नेपाल सरकारकै अर्को निकायले पहिचान नगर्ने व्यवहारलाई चिर्न सजिलो हुने अधयक्ष ढकालले बताएका थिए ।

अध्यक्ष ढकालद्धारा ‘नेपाल विजनेस एसोसिएसन कतार’को सम्मेलनलाई सम्बोधन, नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह

नियोग उपप्रमुख राईले सम्बोधन गरेको कार्यक्रम संघका उपाध्यक्ष नरेन्द्र भाटको स्वागत मन्तव्यबाट शुरुवात भएको थियो भने संघका संरक्षक संयोजक डा. देवकाजि डंगोल, संरक्षक बद्रि प्रसाद पाण्डे, संघका सल्लाहकार प्रोफेसर रमजान अलि मिया, उपाध्यक्षहरु आरके शर्मा,राज रेग्मी,सागर नेपाल,माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विशम्भर न्यौपाने, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल लगायतले सँस्थालाई शुभकामना दिदैं सम्बोधन गरेका थिए ।

निर्वाचन समितीका संयोजकमा संघका संरक्षक बद्रि पाण्डे तथा सदस्यहरुमा संघका उपाध्यक्ष सागर नेपाल र सदस्य होमनाथ शर्मा रहेका थिए । निर्वाचन समितिले अन्य पद उपाध्यक्षहरुमा नरेन्द्र बहादुर भाट, राजेन्द्र कुमार शर्मा (आरके), राजु रेग्मी (राज),रमेश भट्ट,प्रकाश कोईराला निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

त्यस्तै सचिवहरुमा पूर्ण बहादुर पोखरिया,
सुनिल कुमार घिमिरे,राजेन्द्र देवकोटा र कोषाध्यक्षमा चुडामणी कार्की,सह कोषाध्यक्षमा राम कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन । त्यसैगरी कार्यसमिती सदस्यहरुमा क्रान्ति सिंह,रामु रेग्मी, राम चन्द्र पन्त, कमल प्रसाद न्यौपाने, टंक बहादुर खड्का’अर्पण’, श्रीकृष्ण भट्टराई, राकेश श्रेष्ठ, मन्जु खनाल, नारायण प्रसाद शर्मा र वसिम अक्रम गरि १० जना निर्वाचित भएका छन भने ३ जना सदस्यहरु अध्यक्षको सिफारिमा कार्यसमितिको पहिलो बैठकले मनोनित गर्नेछ । कार्यसमिति सदस्यहरु मध्येबाट एक जना प्रवक्ता मनोनय गरिने अध्यक्ष चम्लागाईले जानकारी दिए ।

यसैविच संघले संस्था स्थापनाकाल देखि हाल सम्म अनवरत रुपमा उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै निवर्तमान महासचिव रमेश भट्ट, सचिव शुनिल घिमिरे, प्रचार प्रसार विभाग उप-प्रमुख एवं मिडिया संयोजक दिपजंग शाह ठकुरी र प्राविधिक तर्फ संघ भन्दा बाहिर भए पनि संघलाई पुर्याएको योगदानको उच्च कदर गर्दै नवराज श्रेष्ठलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गरेको थियो ।

संघका महासचिव रमेश भट्टले सहजिकरण गरेको कार्यक्रममा अर्जुन कुवर, रश्मी सेन्चुरी, एन्जल राई, ललिता लामा लगायतका कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
नेपाल व्यवसायी संघ नेपाली व्यवसायीलगायत समग्र नेपाली समुदायको हकहितका लागि स्थापित भई कतार सरकारद्धारा मान्यता प्राप्त पहिलो र एकमात्र सामाजिक संस्था हो ।


प्रतिक्रिया
सम्बन्धित समाचार