काठमाडौं । एफवान सफ्ट ग्रुपले फोनपोइन्ट्स नामक कम्पनी संचालनमा ल्याएको छ । मंसिर २५ देखि सञ्चालनमा ल्याइएको सो कम्पनी लोयल्टी पोइन्टको रिडेम्पसन सुविधा प्रदान गर्दै उक्त पोइन्टहरूको प्रबन्धन र व्यवस्थापन गर्ने एक प्लेटफर्म रहेको एफवान सफ्टले जानकारी दिएको छ ।
फोनपोइन्ट्सको उद्देश्य ग्राहकहरूको दैनिक भुक्तानीलाई इनामदायी गराउनुको साथै उक्त प्लेटफर्ममा सम्लग्न व्यवसायीहरूको लागि एक लोयल्टी प्रोग्रामको पूर्वाधार सृजना गराउनु पनि रहेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार फोनपोइन्ट्सबाट ग्राहकहरूले भुक्तानी गर्दा केही पोइन्ट्सहरू आर्जन गरी सो पोइन्ट्सहरूबाट विभिन्न तरिकाको लाभहरू लिन मिल्ने आधार तयार गरिएको छ ।
कम्पनीको शुरुवातबारे बोल्दै फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलले आफूहरूको मिशन प्रत्येक लेनदेनलाई रिवार्डिङ् बनाउनु र ग्राहक तथा साझेदारहरूको व्यापारमा लोयल्टी बढाउनु रहेको बताएका छन् ।