पोर्चुगल / गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं अध्यक्षका प्रत्यासि कुमार पन्त पोर्चुगल पुग्नुभएको छ । एनसीसी पोर्चुगलको अधिबेशनको अवसर पारेर पन्त त्यहाँ पुग्नुभएको हो ।
पन्तलाई लिस्वनस्थित बिमानस्थलमा स्वागतका लागि एनसीसी पोर्चुगलका अध्यक्ष कुबेर कार्की, निबर्तमान अध्यक्ष , भिम कमल के सि, निबर्तमान उपाध्यक्ष शम्भु गौतम लगायत पुग्नुभएको थियो ।
आज जारी निर्वाचनमा सहभागी भइ पन्तले अधिबेशनमा सहभागीसंग भेटघाट समेत गर्नुहुनेछ ।
कार्यक्रममा एनआरएनए यूरोप संयोजक शिबकुमार बरुवाललगायत यूरोपका अन्य राष्ट्रका एनसिसी सदस्यहरु समेतको उपस्थिती रहेको थियो ।
