काठमाडौँ । देशभरका पदयात्रा पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) ले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु पाँच लाखभन्दा बढी रकम सहयोग गरेको छ ।
सरकारले जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते गएको भूकम्पपीडितका लागि सहयोग जुटाउन सञ्चालन गरेको प्रधानमन्त्री दैवीप्रकोप सहायता कोेषमा टानले आज रु पाँच लाख पाँच हजार पाँच सय ५५ नगद सहयोग गरेको हो ।
टानका अध्यक्ष नीलहरि बाँस्तोला नेतृत्वको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर रु पाँच लाख पाँच हजार पाँच ५५ को चेक हस्तान्तरण गर्नुभएको हो ।City Express
कार्यक्रममा टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिव विनोद सापकोटा, कोषाध्यक्ष पुरुषोत्तम तिमल्सिना, टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंलगायतको सहभागिता रहेको थियो ।
यसअघि सोमबारमात्र विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु १९ लाख नगद र जिन्सी सामग्री गरी झण्डै रु ३० लाख बराबरको सहयोग गरेका थिए ।