शनिबार, साउन २३ २०८३

शनिबार, साउन २३ २०८३

सामाजिक सुरक्षा कोष र भुक्तानी सेवा प्रदायक संस्था प्रभु पे बीच सम्झौता

बिहिबार, कार्तिक २३ २०८०

रीना श्रेष्ठ,काठमाण्डौ-सामाजिक सुरक्षा कोष र प्रभु पे वीच अनलाइन प्रणालीबाट कारोवार गर्नको सहकार्यको घोषणा भएको छ । एक समारोहवीच सामाजिक सुरक्षा कोषका उप कार्यकारी निर्देशक विवेक पन्थी र प्रभु पे का बजार प्रमुख कुमार तामाङले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंकबाट भूत्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त अत्याधुनिक विद्यतीय वित्तिय सेवा प्रदायक कम्पनी प्रभु पे ले विद्युतीय वित्तिय प्रणालीबाट सामाजिक सुरक्षा कोषको प्रणालीमा आवद्वता स्थापित गरी भुत्तानी सेवा प्रदान गर्नेछ । साथै कोषबाट हुने कुनैपनि अनलाइन सेवाको निम्ति प्रभु पे तयार हुनुपर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ । कोषले यस किसिमको सेवाका बारेमा योगदाकर्ताहरुका विच राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गरिने समेत सम्झौतामा उल्लेख गरिएको छ ।
यस साझेदारीपछि वैदेशिक रोजगारीमा जाने कामदारहरु र तिनका परिवारहरु प्रत्यक्ष रुपमा र अन्य सरोकारवालाहरु लाभान्वित रहनेमा आफू विश्वस्त रहेको प्रभु पे का बजार प्रमुख कुमार तामाङले बताए । त्यस्तै आगामी दिनहरुमा पनि कोषबाट सेवाग्राहीका लागि सञ्चालन हुने विभिन्न विद्युतीय सेवाहरुमा एक अर्का वीच सहकार्य रहने कोषका उप कार्यकारी निर्देशक विवेक पन्थीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार