आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बेलायतबाट दयानिधि सापकोटाको एनआरएन आइसीसीमा उम्मेदवारी

बुधबार, भाद्र ४ २०७६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सदस्यमा वेलायतबाट दयानिधि सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले एनआरएन युकेको करिब २ हजार सदस्य रहेकोे मिडल्याण्ड क्षेत्रबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता गरेका हुन् ।

बेलायतको वेष्ट मिडल्याण्डस क्षेत्रमा बसोबास गर्दै आएका दयानिधि सापकोटा समाजसेवीका रुपमा चिनिन्छन् ।

आउंदो १४ सेप्टेम्वरमा हुने एनआरएनए यूकेको निर्वाचनमा ७ आइसीसी सदस्यको लागि १४ जनाको उम्मेदवारी परेको छ ।

गैरआवासीय नेपाली संघको केन्द्रीय च्यारीटी कार्यदलको सदस्य समेत रहेर काम गरेका सापकोटाले वेलायतमा ४ राज्यसमिति बनाउन चर्को आवाज उठाएर चर्चामा आएका थिए ।
सापकोटा विधान र नियम कानून बमोजिम संस्था चल्नु पर्छ भन्ने मान्यतामा विश्वास राख्छन् ।

मिडल्याण्डस्थित नेपाली समाजलाई एकताबद्ध बनाएर चुनावी माहोल बनाए पछि समाजमा समेत उनकै चर्चा हुने गरेको छ । सापकोटा आर्थिक, वौद्धिक र तार्किक रुपमा पनि निपुण छन् । स्पष्ट र तार्किक टिप्पणी गर्न सक्ने उनको खुबीले पनि मिडल्याण्ड क्षेत्र पकडमा राख्न सकेको कतिपयको विश्लेषण छ ।

स्थानीय सिर्जनशील नेपाली समाज लेस्टरको चारवर्षसम्म अध्यक्षको जिम्मा संहालेका सापकोटाले थुप्रै परोपकारी काम गरेका छन् ।

उनले बाग्लुङको अमर उच्च माध्यमिक विद्यालयमा कक्षाकोठाको निर्माण गर्नुकासाथै गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था पनि गरिदिएका छन् ।

सन् २००६ देखि बेलायतमा बसोबास गर्दै आएका उनी पेशाले रेष्टुरेन्ट व्यवसायी हुन् ।

गैरआवासीय नेपाली संघ युके, साझा नेपाली समाज वेष्टमिडल्याण्ड लगायतका आधा दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा काम गरेका सापकोटा नेपाली समुदायकालागि परी पाउने दुःखका साथी बन्न सफल भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार