आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एनआरएनए मलेशियाको अध्यक्षमा हरि भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित, आइसिसी सदस्यमा महेन्द्रजंग शाह र टेक टमाटा निर्वाचित

आइतबार, भाद्र १ २०७६

मलेसिया(जस)–गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसिसी) मलेसियाको अध्यक्षमा हरि प्रसाद भट्टराईसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको छ । एनआरएनएको आगामी कार्याकाल (सन् २०१९–२०२१) कालागि भट्टराईको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष सुन्दर आले, उपाध्यक्ष ज्ञानेन्द्र सिंह, महिला उपाध्यक्ष सुभद्रा लिङ्गदेन, महासचिव हेमराज सापकोटा सचिव रन्जित छेत्री (१), सचिव नेत्र केसी (२), कोषाध्यक्ष कृष्ण नेपाल, युवा संयोजक रबिलाल अधिकारी, आइसिसी सदस्यमा महेन्द्रजंग शाह, टेक टमटालगायत ३३ सदस्यीय कमिटी सर्बसम्मत चयन भएको शनिबार एनआरएनए मलेसियाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
निर्वाचित कार्यसमितिको सदस्यहरुमा अनिल कुमार चौधरी, अरुण गिरी, बिनोद बहादुर थापा, बिमल कुमार राना, बिनोद पाण्डे, गोबिन्द साउद, दिल कुमार केरुङ, मच्छिन्द्रनाथ चापागाई, इन्द्रनारायण लिम्बु, कृष्ण बहादुर बस्नेत, हरिप्रसाद कोइराला, टेकबहादुर अधिकारी, रामकृष्ण कार्की, सन्तोष प्रकाश रिजाल, इन्द्रबहादुर कुँबर, सन्तोष कार्की, केशबकान्त झा, माधबप्रसाद भुषाल, पासाङ लामा र योगेन्द्र कोइराला रहेका छन् । भट्टराईले निर्वाचित भएसँगै आफुलाई वर्तमान अध्यक्ष खगेन्द्र न्यौपाने, पूर्व अध्यक्ष महेन्द्रजंग शाही, तथा मलेसियाका विभिन्न संघरसंस्थाको सहयोग रहेको बताउँदै धन्यबाद ज्ञापन गरेका छन् ।
वर्तमान अध्यक्ष न्यौपानले नवनिर्वाचित कार्यसमितिलाई सफलताको कामना गरे । नवनिर्वाचित आइसिसी सदस्य महेन्द्रजंग शाह, टेक टमाटा र अध्यक्ष भट्टराईले आफुहरु कामदारकै हकहितमा कागर्ने बताउँदै

यस्तो छ निर्वाचित कार्यसमिति :

एनआएनएमार्फत देशका लागि पनि केहि गर्ने बताए । भट्टराईले सबै संघसंस्था तथा मलेसियामा रहेका नेपालीहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
अध्यक्षमा निर्वाचित भट्टराईले १४ बुदेँ प्रतिबद्धता घोषणापत्रसहित आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । घोषणापत्रमा मलेसियामा कार्यरत श्रमिकलाई समस्यामा परे वा नेपाल फर्किनु पर्ने अवस्था आए तिनलाई आर्थिक सहायता प्रदान गर्न श्रमिक कल्याणकारी कोष स्थापना गर्ने, उक्त कोषमा व्यक्तिगत रुपमा ५० हजार रिंगेट हालेर कोषको सुरुवात गर्ने उनले बताएका थिए । यस्तै कोषलाई पारदर्शी ढंगमा संचालन गर्न म बाहेक संस्थामा आवद्द ३ सदस्यीय समिति निर्माण गर्ने र जसमा नेपाली दूतावास मलेसियाले सिफारिस गरेका समस्यामा परेका श्रमिकले पहिलो प्राथमिकतामा सहयोग पाउने उनको घोषणापत्रमा उल्लेख छन् । अध्यक्षमा निर्वाचित भएको ३ महिना भित्र संघको आफ्नै कार्यालय स्थापना गरेर संघका गतिविधि सबै माझ तत्काल पुग्ने गरि प्रभावकारी सूचना संयन्त्रको विकास गर्ने, संघको विधान वमोजिम विभिन्न उप–समितिहरुको गठन गरि तिनको कार्यविधि निर्माण गर्ने, कार्यविधि वमोजिम उप–समितिहरुको कार्य प्रगति अर्धवार्षिक रुपमा आन्तरिक समिक्षा गरि कामलाई चुस्त र प्रभावकारी बनाउने, मलेसियामा कार्यरत सबै संघ संस्थासँग सहकार्य गर्दै ती संस्थाबाट प्राप्त सल्लाह र सुझावलाई ग्रहण गर्दै अघि बढ्ने भन्दै उनले मलेसियाका विभिन्न ५ स्थानमा संगठन विस्तार गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।

यसैगरी प्रत्येक महिना मलेसियाका विभिन्न सहरमा संस्थाका गतिविधिबारे र सो स्थानमा कार्यरत श्रमिकका समस्या बारे अन्तरक्रियात्मक कार्यक्रम संचालन गर्ने, नेपाल र मलेसियाबीचको दशकौ लामो दौत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने काम गर्ने, दुई देशको भाषा, संस्कृति र कलाका माध्यमबाट एक अर्कामा जोड्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने र धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउन विभिन्न प्रवर्दनात्मक कार्यक्रम संचालन गर्नेलगायत उनको घोषणापत्रमा श्रमिकको हक, हितका लागि नेपाली दूतावास मलेसिया सँग सहकार्य गरेर अघि बढ्ने, ‘श्रमिकको आम्दानी, नेपालमा लगानी’ भन्ने मुल नारालाई अघिसार्दै आईसीसीसँग समन्वय गरि मझौला तथा ठुला उद्योगमा लगानीको वातावरण निर्माणमा पहल गर्ने र ठूला लगानीकर्ताहरुलाई प्रोत्साहित गर्दै ‘एनआरएनए इन्भेस्टमेन्ट फण्ड’ मा लगानी गर्न सहजिकरण गर्ने लगायतका बुदाँ उल्लेख छन् ।


यस्तै आईसीसीसँगको संवादलाई अझ गतिशील र प्रभावकारी बनाउन संस्थागत र व्यक्तिगत दुवै सम्वन्धको माध्यमबाट भरपुर सहयोग गर्नुको साथै ‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन’को निति अवलम्वन गर्दै एनआरएनए मलेसिया सबैको साझा संस्था भन्ने भाव जागृत गराउने, एनआरएनए एनसीसी मलेसियालाई एक गैर नाफामुलक साझा समाजिक संस्थाको रुपमा विकसित गर्दै मलेसियाको कानुन बमोजिम दर्ता गर्न सबैको साथ र सहयोग लिएर अघि बढ्ने उनले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार