शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३

इरानसँगको अमेरिकी युद्धको खर्च ४८.३ अर्ब डलर बढी, पुर्वाधार क्षतिकाे छैन् रेकर्ड

शनिबार, मंसिर ५ २०८३

काठमाडौं । फेब्रुअरी २८ मा कंग्रेसको स्वीकृतिबिना डोनाल्ड ट्रम्पले सुरु गरेकाे इरानसँगको अमेरिकी युद्धको लागत नोभेम्बर १३ सम्ममा ४८.३ अर्ब डलर नाघेको पेन्टागनका बजेट अधिकारी आर्थर मिलरले बताएका छन ।

 

नौसेना नियन्त्रक बन्न आफ्नो मनोनयनमाथि विचार भइरहेका बेला मिलरले हालै अमेरिकी सिनेट सशस्त्र सेवा समिति समक्ष बयान दिने क्रममा यी तथ्याङ्क प्रस्तुत गरेका हुन ।

 

उक्त लागतमा अमेरिकी सैन्य अपरेशन, उपकरण र गोलाबारुदको खर्च समेटिए पनि मध्यपूर्वभरि रहेका अमेरिकी सैन्य प्रतिष्ठानमा भएको क्षति भने समावेश नगरिएको मिलरले स्पष्ट पारेका छन ।

 

समाचार अनुसार सयौँ विमान ह्याङ्गर, ब्यारेक, राडार प्रणाली, गोदाम र अन्य अमेरिकी सैन्य पूर्वाधारमा भएको क्षतिको मूल्य अर्बौ डलर पुगेको छ; यद्यपि, सुनुवाइका क्रममा पटक-पटक सोध्दा पनि मिलरले कुल क्षतिको अनुमानित रकम बताएनन । तर, समितिका अध्यक्ष रोजर विकर, जो मिसिसिपीका रिपब्लिकन सिनेटर हुनु, ले मिलरलाई जतिसक्दो चाँडो यकिन तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिएका छन् ।

 

अक्टोबर महिनामा ‘वाल स्ट्रिट जर्नल’ले पेन्टागनका स्रोतहरूलाई उद्धृत गर्दै त्यस क्षेत्रमा रहेका अमेरिकी संरचनामा भएको क्षति ५ अर्बदेखि १५ अर्ब डलरसम्म पुग्न सक्ने समाचार प्रकाशन गरेको थियो।

 

वासिङ्टनस्थित ‘सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडीज’ नामक थिंक ट्यांकले भित्र रहेका उपकरण र प्रणालीलाई बाहेक गरी केवल भवनहरूको मर्मत र पुनर्निमाणका लागि मात्र ४ अर्ब डलरभन्दा बढी खर्च लाग्ने अनुमान गरेको छ।

 

ट्रम्प प्रशासनले विभिन्न समयमा यो युद्ध वास्तवमा युद्ध नै नभएको, यसमा जित हासिल भइसकेको र यो चाँडै समाप्त हुने तर्क गर्दै आएको छ। तर, हाल यो युद्ध कहिले टुंगिने हो भन्ने कुनै संकेत देखिँदैन। यसका साथै, अमेरिकी सेनाको खर्च त छँदै छ, ‘होर्मुज जलडमरु’ बन्द रहँदा विश्व अर्थतन्त्रले पनि हरेक दिन ठूलो मार खेपिरहेको छ; र यो अवस्था ‘इस्लामिक गणतन्त्र’ (इरान) माथि अमेरिकाले गरेको आक्रमणको प्रत्यक्ष परिणाम हो।

 

अमेरिकी सेनाका लागि आवश्यक रकम जुटाउन भन्दै ट्रम्प प्रशासनले पेन्टागनको सन् २०२७ को १.५ ट्रिलियन डलर बराबरको रक्षा बजेट, जुन सन् २०२६ को तुलनामा ४० प्रतिशतले बढी हो, पारित गर्न कंग्रेसलाई आग्रह गरिरहेको छ।

 

नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि नै यो बजेट पारित हुने सम्भावना कम थियो भने अहिले कंग्रेसका दुवै सदनमा रिपब्लिकनहरूबाट डेमोक्र्याटहरूले नियन्त्रण लिएको अवस्थामा यो बजेट पारित हुने सम्भावना लगभग असम्भवजस्तै देखिन्छ।
 

प्रतिक्रिया
सम्बन्धित समाचार