काठमाडौं । होसुरका ४६ वर्षीय रामबहादुर (नाम परिवर्तन गरिएको) का लागि छाती दुख्ने र सास फेर्न गाह्रो हुनु एक अप्रत्याशित बाधाको रूपमा आयो। एक जग्गा प्रवर्द्धकका रूपमा उनी व्यस्त तालिकामा अभ्यस्त थिए र सकेसम्म चाँडो काममा फर्कन चाहन्थे। जब स्वास्थ्य परीक्षणले गम्भीर कोरोनरी धमनी रोग पत्ता लगायो, उनलाई उपचार आवश्यक छ भन्ने थाहा भयो, तर उनी कसरी छिटो निको हुन चाहन्छन् भन्ने बारेमा पनि उत्तिकै स्पष्ट थिए।
रामबहादुरले हालै छाती दुख्ने र सास फेर्न गाह्रो हुने समस्या महसुस गर्न थालेका थिए। उनी नजिकैको अस्पताल गए, जहाँ गरिएको थप मूल्याङ्कनले कोरोनरी धमनी रोग (कोरोनरी आर्टरी डिजिज) रहेको र दुईवटा नसाहरूमा शल्यक्रिया गर्नुपर्ने गम्भीर समस्या देखाायो।
रामबहादुरले कुन प्रकारको उपचार रोज्ने भनेर निर्णय गरिरहेको बेला दुर्भाग्यवश उनको कोभिड-१९ परीक्षण पोजेटिभ देखियो। उपचार प्रक्रियामा फर्कनुअघि उनलाई पूर्ण रूपमा निको हुन सल्लाह दिइयो।
कोभिड-१९ बाट निको भएको तीन हप्तापछि कार्तिकले सन् २०२६ सेप्टेम्बर १७ मा एक साथीको सुझावमा मणिपाल अस्पताल ओल्ड एयरपोर्ट रोड को भ्रमण गरे। त्यहाँ उनले रोबोटिक र न्यूनतम आक्रामक कार्डियोथोरासिक भास्कुलर सर्जरीका प्रमुख सल्लाहकार डा. तिरुथानी कुमारन एमएमसँग परामर्श गरी विभिन्न शल्यक्रिया विकल्पहरूबारे छलफल गरे। रामबहादुरको उमेर, सक्रिय जीवनशैली र छिटो निको हुने अपेक्षालाई ध्यानमा राख्दै, उनको क्लिनिकल र शारीरिक उपयुक्तताको मूल्याङ्कनपश्चात् रोबोटिक कार्डियक सर्जरीलाई उपयुक्त विकल्प मानियो।
डा. कुमारनले भने, “रोबोटिक दृष्टिकोण अपनाउनुअघि बिरामीको शरीरको बनोट, परिधीय रक्तनलीहरू र प्रमुख धमनीहरूको अवस्थासहित विस्तृत मूल्याङ्कन गरिनुपर्छ। मुख्य कुरा सावधानीपूर्वक बिरामीको चयन र सही विधि छनौट गर्नु हो। आरोही महाधमनीमा हुने महत्त्वपूर्ण क्याल्सिफिकेशनले पनि बिरामी रोबोटिक शल्यक्रियाका लागि उपयुक्त हो वा होइन भन्ने निर्धारणमा प्रभाव पार्न सक्छ।”
कार्तिकको क्लिनिकल प्रोफाइल, शरीरको बनोट र आवश्यकताको संयोजनले रोबोटिक शल्यक्रियालाई उनको लागि सर्वोत्तम विकल्प बनायो। उनले भारतमा उपलब्ध सबैभन्दा उन्नत रोबोटिक प्लेटफर्ममध्ये एक—’दा भिन्ची शी सर्जिकल प्रणाली’ प्रयोग गरेर रोबोटिक हृदय शल्यक्रिया गराए।
परम्परागत न्यूनतम आक्रामक हृदय शल्यक्रियामा चिकित्सकले साना चीराहरूबाटै उपकरणहरू सीधै चलाएर काम गर्छन् भने रोबोटिक शल्यक्रियाले अझ बढेको दृश्यावलोकन र सटीक उपकरण नियन्त्रण प्रदान गर्दछ। दा भिन्ची शी प्रणालीले सर्जनलाई छातीको सीमित ठाउँमा उच्च परिशुद्धताका साथ काम गर्न अनुमति दिन्छ। यसले तन्तुमा हुने आघात र दुखाइ कम गर्न मद्दत पुर्याउँछ, जसले उपयुक्त रूपमा चयन गरिएका बिरामीलाई छिटो निको हुन सहयोग गर्छ।
सन् २०२६ सेप्टेम्बर २२ मा बिनाकुनै जटिलता शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो। शल्यक्रियापछिको दोस्रो दिनसम्ममा कार्तिकलाई सघन उपचार कक्ष (ICU) बाट सामान्य वार्डमा सारियो र उनको स्वास्थ्यमा तिब्र सुधार भइरहेको थियो। मुटुको ठूलो शल्यक्रिया भएको तेस्रो दिनमै उनी अस्पतालबाट डिस्चार्ज हुन तयार भइसकेका थिए; जुन निकै द्रुत सुधार थियो।
सुरुदेखि नै आफ्नो सामान्य दिनचर्यामा फर्कन चाहने कार्तिकका लागि यो तीव्र रिकभरी विशेष अर्थपूर्ण थियो। डा. कुमारनले बताए, “मुटुको शल्यक्रिया भएको दुई दिनपछि कार्तिक अाइसियुबाट बाहिर निस्किएर वार्डमा सरे। ३ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भए र ३ हप्ताभित्रै काममा फर्किए। करिब एक हप्तापछि उनी फलो-अपका लागि आएका थिए, र सबै कुरा ठीक थियो।”
अनुभव साट्दै रामबहादुरले भने, “सुरुमा म रोबोटिक विधिबाट मुटुको शल्यक्रिया गराउन निकै डराएको थिएँ। तर, डा. कुमारनसँग कुरा गरे पछि मैले अघि बढ्ने निर्णय गरें। चारदेखि छ घण्टासम्म चलेको शल्यक्रियापछि भोलिपल्टै म एकदमै होसमा थिएँ र ओछ्यानबाट ओर्लिएर हिँड्न पनि सकें। म अब आफ्नो सामान्य दिनचर्यामा फर्कन पूर्ण रूपमा तयार छु।”
उनको यो अनुभवले के प्रस्ट पार्छ भने, रोबोटिक मुटुको शल्यक्रियामा सफलता केवल प्रविधिमा मात्र निर्भर हुँदैन; यसका लागि सही बिरामीको चयन, उपयुक्त शल्यक्रिया योजना र अनुभवी शल्यचिकित्सक टोली उत्तिकै महत्त्वपूर्ण हुन्छन्।