काठमाडौं । सानिमा बैंक लिमिटेडले २२औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । सभा आज बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार २०८३ आषाढ मसान्तको साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) र अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
सर्वसाधारण सेयरधनीहरुको तर्फबाट तेज बहादुर चन्द र महेश घिमिरे २२औं वार्षिक साधारणसभाबाट संचालकमा निर्विरोध निर्वाचित भएका छन् ।
आर्थिक वर्ष २०८२/८३ मा ३.५५ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २९१.२१ अर्ब, कुल निक्षेप २४९.९३ अर्ब तथा खुद कर्जा सापटी २०३.९९ अर्ब रहेको छ ।
आर्थिक वर्ष २०८१÷८२ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १०.८४ प्रतिशत, ११.१९ प्रतिशत र १०.५० प्रतिशतले बृद्धि गरेको छ ।
बैंकको वित्तीय परिसूचक (असार मसान्त २०८३)
निष्क्रिय कर्जा २.८७%, पुँजीकोष १२.८३%, तरलता ३०.६८%, कर्जा निक्षेप अनुपात (मासिक औसत)८०.७७% रहेको छ ।