मंगलबार, असोज ६ २०८३

मंगलबार, असोज ६ २०८३

वर्षमान पुन ‘अनन्त’को प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय नेपाली मञ्च स्पेनको पाँचौँ अधिवेशन हुँदै

मंगलबार, असोज ६ २०८३

बार्सिलोना, स्पेन । अन्तर्राष्ट्रिय नेपाली मञ्च, स्पेनको पाँचौँ अधिवेशन नेपाल सरकारका पूर्व अर्थमन्त्री, संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता वर्षमान पुन ‘अनन्त’को प्रमुख आतिथ्यमा आगामी २९ सेप्टेम्बर २०२६, मंगलबार, बार्सिलोनामा आयोजना हुँदैछ।

अधिवेशनमा पुनको प्रमुख अतिथिका रूपमा सहभागिता सुनिश्चित भइसकेको आयोजकले जनाएको छ। राष्ट्रिय राजनीतिमा सक्रिय पुनको उपस्थितिलाई अधिवेशनको प्रमुख पक्षका रूपमा हेरिएको छ। प्रवासमा संगठित नेपाली समुदाय र नेपालबीचको सम्बन्ध, प्रवासी नेपालीका सरोकार तथा संगठनका आगामी प्राथमिकताबारे हुने छलफलमा उनको सहभागिताले थप संवादको अवसर सिर्जना गर्ने आयोजकको अपेक्षा छ।

प्रमुख अतिथिका रूपमा पुनले अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनको सम्बोधनमार्फत समसामयिक राजनीतिक तथा सामाजिक विषय, प्रवासमा रहेका नेपालीका सवाल र संगठनको आगामी भूमिकाबारे धारणा प्रस्तुत हुने अपेक्षा गरिएको छ। यद्यपि, अधिवेशनको मुख्य उद्देश्य भने संगठनको सांगठनिक प्रक्रिया, सदस्यता विस्तार र नयाँ नेतृत्व चयनलगायतका आन्तरिक विषयलाई अघि बढाउनु रहेको आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय नेपाली मञ्च, स्पेन (साविक नेपाली जनप्रगतिशील मञ्च, स्पेन) को २०२४–२०२६ कार्यकालको आकस्मिक बैठक २० सेप्टेम्बर २०२६ मा अनलाइन माध्यमबाट सम्पन्न भएको थियो। बैठकले पाँचौँ अधिवेशनको मिति र स्थान निर्धारण गर्नुका साथै अधिवेशन सम्पन्न गर्न आवश्यक सांगठनिक तथा व्यवस्थापकीय तयारीसम्बन्धी निर्णय गरेको हो।

बैठकले पुनलाई अधिवेशनमा प्रमुख अतिथिका रूपमा निमन्त्रणा गर्ने निर्णय गरेको थियो। त्यसपछि भएको समन्वयअनुसार उनको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागिता निश्चित भएको आयोजकले जनाएको छ।

वर्तमान कार्यसमिति नै मूल आयोजक

अधिवेशनको तयारीलाई एकीकृत रूपमा अघि बढाउन संगठनको २०२४–२०२६ कार्यसमितिलाई नै अधिवेशन मूल आयोजक समितिमा परिणत गर्ने निर्णय गरिएको छ।

अधिवेशन तयारीका लागि विभिन्न समितिलाई जिम्मेवारी

अधिवेशनको तयारीका लागि विभिन्न समिति गठन गरी जिम्मेवारीसमेत तोकिएको छ।

निर्वाचन तथा समन्वय समितिको संयोजकमा गंगा प्रसाद भुसाल तथा सदस्यहरूमा अर्जुन आचार्य, कृष्णहरि कंडेल, श्याम प्रसाद खनाल, केशर बहादुर थापा, शितल भुर्तेल भुसाल, अशिम तामाङ, राम दाहाल र कृष्ण भुसाल रहेका छन्।

विधान संशोधनको जिम्मेवारी अर्जुन आचार्य र सूर्य प्रसाद सापकोटा ‘धिरज’लाई दिइएको छ।

संस्थागत तथा सांगठनिक समन्वयको जिम्मेवारी विशाल ढुंगाना र गंगा प्रसाद भुसाललाई तोकिएको छ भने पत्राचार तथा छपाइको जिम्मेवारी अर्जुन आचार्य र सूर्य प्रसाद सापकोटा ‘धिरज’लाई दिइएको छ।

त्यस्तै, संगठन विस्तारको जिम्मेवारी विशाल ढुंगाना, केशवराज कंडेल र सूर्य प्रसाद सापकोटालाई दिइएको छ।

अतिथि स्वागत–सत्कारका लागि केशवराज कंडेल, गोविन्द अधिकारी, दुर्गा प्रसाद गैरे र रामु सापकोटालाई जिम्मेवारी दिइएको छ। प्रचार–प्रसारको जिम्मेवारी अशिम तामाङ, क. शिव र सञ्जीव सिग्देललाई दिइएको छ।

संगठनका संयोजक विशाल ढुंगानाले अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न सम्बन्धित सबैलाई तोकिएको जिम्मेवारीअनुसार सक्रिय रूपमा लाग्न आग्रह गरेका छन्।

प्रमुख अतिथि पुनको सहभागितासहित पाँचौँ अधिवेशनको तयारी अघि बढिरहेका बेला संगठनले समिति परिचालन, प्रतिनिधि व्यवस्थापन तथा अन्य व्यवस्थापकीय कामलाई तीव्र बनाएको जनाएको छ। अधिवेशनबाट संगठनको आगामी सांगठनिक प्रक्रियालाई अघि ब

प्रतिक्रिया
सम्बन्धित समाचार