काठमाडौँ(जस)–हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल–न्यू भेन्यु’ अब भैरहवा, बुटवल र दाङमा पनि औपचारिक रूपमा उपलब्ध भएको छ । यससँगै भैरहवा, बुटवल, दाङ तथा आसपासका ग्राहकहरूले हुन्डाईको नयाँ तथा आधुनिक कम्प्याक्ट एसयूभीलाई नजिकबाट अनुभव गर्न पाउने भएका छन् । अल–न्यू भेन्युमा आकर्षक तथा बोल्ड डिजाइनसँगै आरामदायी फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यसम्पादनको संयोजन गरिएको कम्पनीले जनाएको छ । यसको फराकिलो र बलियो डिजाइनलाई ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल र सिग्नेचर सी–पिलर गार्निसले थप आकर्षक बनाएको छ ।
गाडीको क्याबिनमा १०.२५ इन्चको सीसीएनसी इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफलगायतका आधुनिक सुविधाहरू उपलब्ध छन् । यी सुविधाले यात्राका क्रममा सुविधा र कनेक्टिभिटीलाई थप सहज बनाउने कम्पनीको दाबी छ । कार्यसम्पादनका लागि अल–न्यू भेन्युमा कप्पा १.२ लिटर एमपीआई पेट्रोल र कप्पा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ । यसले दैनिक यात्राका लागि सहज कार्यसम्पादनदेखि थप प्रतिक्रियाशील टर्बो कार्यसम्पादनसम्मको विकल्प उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
सुरक्षातर्फ पनि अल–न्यू भेन्युमा विभिन्न सुविधा समावेश गरिएको छ । यसमा ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल–स्टार्ट असिस्ट कन्ट्रोललगायतका सुरक्षा प्रविधि उपलब्ध छन् । नेपाली बजारमा अल–न्यू भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो एसयूभी मुख्यतः तीनवटा भेरियन्टमा उपलब्ध छ । जसमा एचएक्स २ मा १,१९७ सीसी पेट्रोल इन्जिन, एचएक्स ५ प्लसमा १,१९७ सीसी पेट्रोल इन्जिन तथा एचएक्स ५ डीसीटीमा ९९८ सीसी पेट्रोल इन्जिन रहेको छ । विभिन्न भेरियन्ट तथा इन्जिन विकल्पका कारण ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार गाडी छनोट गर्न सक्ने कम्पनीले जनाएको छ । अल–न्यू भेन्यु अब भैरहवा, बुटवल र दाङस्थित हुन्डाईका सोरुमहरूमा उपलब्ध भइसकेको छ । ग्राहकहरूले सोरुममा पुगेर गाडीको डिजाइन, आधुनिक प्रविधि, इन्टेरियर तथा कार्यसम्पादनबारे प्रत्यक्ष जानकारी लिन र अनुभव गर्न सक्नेछन् ।