मंगलबार, असोज ६ २०८३

मंगलबार, असोज ६ २०८३

प्रधानमन्त्री शाह अमेरिकाको न्युयोर्क प्रस्थान

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

मंगलबार, असोज ६ २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ ।

उहाँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज साँझ कतार एयरवेजको विमानमार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाहलाई कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुहुनेछ ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।

उहाँले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नु भएको थियो। उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको हो।

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। उहाँ यही असोज १० गते स्वदेश फिर्ता हुने तालिका छ।

प्रतिक्रिया
सम्बन्धित समाचार