वार्सा, पोल्याण्ड। नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति पोल्याण्डको ऐतिहासिक तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गर्नुका साथै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराई प्रमाणपत्रसमेत वितरण गरेको छ।
अधिवेशनका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय पार्टी प्रवक्ता देवराज चालिसे हुनुहुन्थ्यो। प्रवक्ता चालिसेले अनलाइनमार्फत अधिवेशनलाई सम्बोधन गर्दै प्रवासमा रहेका नेपाली कांग्रेसका संगठनलाई थप व्यवस्थित, सक्रिय र एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको थियो।
अधिवेशनबाट भीम परियार सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी सुरेन्द्र आचार्य, चिनबहादुर गुरुङ र कमल सापकोटा उपसभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ।
त्यस्तै महामन्त्रीमा दिपेन्द्र खतिवडा र राजेश कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा सुनिल सिग्देल तथा सह–कोषाध्यक्षमा रामकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ।
खुला सदस्यतर्फ राजन श्रेष्ठ, नरबहादुर ऐडी र सुजन केसी निर्वाचित हुनुभएको छ। त्यसैगरी महिला संयोजकमा सुजता सुवेदी तथा खेलकुद संयोजकमा रोशन गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ।
कार्यक्रमको सभापतित्व नेपाली जनसम्पर्क समिति पोल्याण्डका अध्यक्ष तथा नवनिर्वाचित सभापति भीम परियारले गर्नुभएको थियो।
अधिवेशनमा एनआरएनए पोल्याण्डकी अध्यक्ष रिता तिवारी न्यौपानेको समेत विशेष सहभागिता रहेको थियो। त्यसैगरी केन्द्रीय पर्यवेक्षक धुर्वराज पौडेल तथा केन्द्रीय निर्वाचन प्रतिनिधि डा. एलिनी पोखरेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
डा. एलिनी पोखरेल नेपाली जनसम्पर्क समिति पोल्याण्डका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ। उहाँको सहभागिताले संस्थाको स्थापनादेखि वर्तमान अवस्थासम्मको यात्रालाई जोड्ने महत्वपूर्ण भूमिका खेलेको थियो।
कार्यक्रममा डा. बोधराज सुवेदी पनि विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँ नेपाल पोलिस फाउन्डेसनका अध्यक्ष, पोल्याण्डको वार्साका पूर्व अवैतनिक वाणिज्यदूत तथा एनआरएनए पोल्याण्डका संस्थापक अध्यक्षसमेत रहनुभएको छ।
त्यसैगरी सुशान्त परियार विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोल्याण्डका संस्थापक अध्यक्ष हुनुहुन्छ।
कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अतिथिहरूमा प्रवासी एकता मञ्चका उपाध्यक्ष राम सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी पोल्याण्डका उपाध्यक्ष ज्ञान राई, पोल्याण्डका सफल श्रव्यवसायी राम न्यौपाने तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोल्याण्डका अध्यक्ष शिब कुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो।
अधिवेशनमा पोल्याण्डमा सक्रिय विभिन्न नेपाली संघसंस्थाबाट प्रतिनिधित्व गर्दै आएका प्रतिनिधिहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
अधिवेशनको महत्वपूर्ण पक्षका रूपमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरिएको थियो। नवनिर्वाचित नेतृत्वले नेपाली जनसम्पर्क समिति पोल्याण्डलाई थप सुदृढ, व्यवस्थित र सक्रिय बनाउँदै पोल्याण्डमा रहेका नेपाली समुदायसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
तेस्रो अधिवेशनले नेपाली जनसम्पर्क समिति पोल्याण्डको आगामी कार्यदिशा तय गर्दै प्रवासमा नेपाली कांग्रेसको संगठनलाई थप संस्थागत र प्रभावकारी बनाउने आधार तयार गरेको आयोजकहरूले बताएका छन्।आसोज ०३ गते २०७२ नेपाली काँग्रेसकै नेतृत्व मा घोषण भएको नेपालको २०७२ संविधान दिवशकै विशेष दिन पारेर आयोजना गरिएको अधिवेशनमा सविधान दिवको शुभकामना ब्यक्त गर्दै सविधानको रक्षा लागि आम नागरिक सचेत हुनु पर्ने बतार । नेपाली काँग्रेस को ऐतिहासिक १५औ केन्द्रिय महाधिवेशनका लागि सविधान दिवको विशेष अवसर पारेर देशै भरि एकै साथ नेपाली काँग्रसको वडा अधिवेशन समेत शुभरम्भ भएको छ ।





