काठमाडौं । एसियाली खेलकुद (एसियाड) खेल हिजाेवाट सुरू भएकाे छ । जापानकाे जापानको आइची-नागोयामामा एक भब्य कार्यक्रमका बिचमा उदघाटन भएकाे छ ।
जसअनुसार अहिलेसम्म चीन, मकाउ, कजाकिस्तान, जापान, दक्षिण काेरिया र कम्बाेडियाले एक एक स्वर्ण पदक हासिल गरिसकेका छन् । सन् २०१० को ग्वाङ्झाउ एसियाडमा नेपालले २० खेलमा १४० खेलाडी सहभागी गराएको थियो भने जापानको आइची-नागोयामा असोज ३ देखि १८ गतेसम्म जारी २० औँ एसियाडमा नेपालले २१ खेलमा ७८ पुरुष र ५७ महिला गरी कुल १३५ खेलाडी सहभागी गराउँदै छ।
प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडीहरूको नामावली:
१) आर्चरी (२)
तिलक पुन मगर (रिकर्भ पुरुष व्यक्तिगत / मिक्स्ड टिम)
ज्ञानु अवाले (रिकर्भ महिला व्यक्तिगत / मिक्स्ड टिम)
२) एथलेटिक्स (६)
खडकबहादुर खड्का (म्याराथन)
राजन रोकाया (१० हजार मिटर र म्याराथन)
मुकेशबहादुर पाल (१५ सय मिटर र ५ हजार मिटर)
सोमबहादुर कुमाल (८ सय मिटर)
सन्तोषी श्रेष्ठ (५ हजार मिटर र १० हजार मिटर)
पूर्णलक्ष्मी न्यौपाने (१५ सय मिटर र ५ हजार मिटर)
३) ब्याडमिन्टन (४)
क्षितिज खनाल (पुरुष सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स)
प्रफुल महर्जन (पुरुष सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स)
रसिला महर्जन (महिला सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स)
रिहाना शेरचन (महिला सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स)
देवकीमाया श्रेष्ठ (महिला ५२ केजीमुनि र मिक्स्ड टिम)
पुनम श्रेष्ठ (महिला ७० केजीमुनि र मिक्स्ड टिम)
९) कबड्डी (२४)
पुरुष: सुरज बोहरा, आदित्य चौधरी, प्रकाश गिरी, अशोक जोशी, संस्कार कुमार, कुमार लामा, गणेश पाकी, करुन रसाइली, घनश्याम रोकामगर, रवी थारु, सागर यादव र अंकु पुन।