आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एसीसी प्रिमियर कप फाइनलमा युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

शनिबार, भाद्र २७ २०८३

काठमाडौँ। एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास ओभलमा केहीबेरमै हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

दुवै टोली दोस्रो पटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो । युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो ।

यसपटक भने उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्त्वपूर्ण छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार