काठमाडौं । गैरआवासीय नेपाली संघ नाइजेरिया र घानाले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भोटेकोसीका बाढीपीडितका लागि संकलित रकम हस्तान्तरण गरेका छन ।
एनआरएनए नाइजेरियाले नाइजेरियामा रहेका नेपाली , नेपालका शुभचिन्तक र औधोगिक तथा व्यावसायिक प्रतिष्ठानहरु बाट प्राप्त सहयोग नेरु सतहत्तर लाख ( नेरु ७७,००,००० ) को चेक माननीय अर्थमन्त्रीज्यु मार्फत नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि हस्तान्तरण गरेको हो । एनआरएनए नाइजेरियाका तर्फबाट पुर्व अध्यक्षहरु विश्वास पौडेल , दीपक कर्ण , पुर्व आइसीसी सदस्य मन थापा , संस्थापक उपाध्यक्ष नरेन्द्र श्रेष्ठ , उपाध्यक्ष अञ्जु पौडेलले उक्त सहयोग हस्तान्तरण गरेका हुन ।
त्यसैगरी सोही अवसरमा एनआरएनए घानाको तर्फबाट माननीय अर्थमन्त्रीज्युलाई रु तीन लाखको सहयोग एनआरएनए घानाका तर्फबाट भानु पाठकले हस्तान्तरण गर्नु भएको थियो ।
अफ्रिकका एनआरएनएका शाखाबाट यस अघि प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट १३ लाख , तान्जानियाबाट २.५ लाख , साउथ अफ्रिकाबाट १.५ लाख र बोत्सवनाबाट ५० हजार सहयोग बैंक मार्फत पठाई सकिएको छ ।त्यसैगरी एनआरएनए युगान्डाले ३५ लाख भन्दा बढीका टेन्ट , ग्यास सिलिन्डर र चुल्होहरु प्रभावित क्षेत्रमा पुगेर वितरण गरिसकेको छ । यसैगरी एनआरएनए केन्याले रु दशलाख नगद सहयोग पठाउने भएको छ । र अन्य देश स्थित एनआरएनए शाखाहरु र नेपालीहरुले पनि सहयोग पठाई रहेका छन ।