काठमाडौँ(जस)–मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ। भदौ १९ गते बसेको तीनवटै संस्थाको सञ्चालक समितिको बैठकले प्राप्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। निर्णयसँगै मुक्तिनाथ विकास बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकबीच प्रारम्भिक सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ। प्राप्ति प्रक्रियालाई अगाडि बढाउन आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया सुरु गरिएको जनाइएको छ। यससँगै तीन संस्थाका आधारभूत शेयरधनीहरूको शेयर कारोबार रोक्का गरिएको छ।