शनिबार, भाद्र २० २०८३

शनिबार, भाद्र २० २०८३

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त

शनिबार, भाद्र २० २०८३

काठमाडौं(जस)–सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन् । बैंकले सिजापतिलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत थिए । उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन् ।
सिजापतिको नियुक्ति शुक्रबारदेखि नै लागू भएको बैंकले जनाएको छ । उनले शुक्रबारै बैंकको सीईओका रूपमा पदभार ग्रहण गरेका छन्। बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका सिजापति सुयोग श्रेष्ठको कार्यकाल सकिएपछि सांग्रिला डेभलपमेन्ट बैंकको नेतृत्वमा आएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार