शनिबार, भाद्र २० २०८३

शनिबार, भाद्र २० २०८३

नेपालप्रति ऐक्यबद्धता जनाउँदै चिलीमा दीप प्रज्वलन तथा प्रार्थना कार्यक्रम

शनिबार, भाद्र २० २०८३

चिली । नेपालमा हालै भएको विनाशकारी प्राकृतिक विपत्तिबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउन चिलीको iquique मा “नेपालका लागि एकजुट” भन्ने भावनासहित दीप प्रज्वलन तथा प्रार्थना कार्यक्रम आयोजना गरिने भएको छ।

कार्यक्रम शनिबार, ५ सेप्टेम्बर २०२६, राति ८:३० बजे, Plaza de la Bandera, UNAP अगाडि, Iquique मा आयोजना हुनेछ। कार्यक्रममा नेपालमा भएको दुःखद घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, बेपत्ता तथा प्रभावित व्यक्ति र उनीहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गरिनेछ।

कार्यक्रमको संयोजन रामजी लामिछानेले गरिरहेका छन्। कार्यक्रम कुनै राजनीतिक दल, जातजाति, संस्था वा कुनै एक धर्ममा सीमित नभई मानवता, राष्ट्रिय एकता, सहकार्य र नेपालप्रतिको ऐक्यबद्धताको भावनामा आयोजना गरिनेछ।

नेपालमा भएको विपत्तिले स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायलाई गहिरो दुःखमा पारेको छ। यही दुःखको घडीमा इquiqueमा रहेका नेपाली तथा नेपालप्रति सद्भाव राख्ने सबैलाई एक ठाउँमा ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

छोटो समयमै कार्यक्रमको तयारी गर्नुपरेका कारण विभिन्न व्यक्ति, संस्था तथा सम्बन्धित निकायलाई समयमै निमन्त्रणा गर्न नसकिएकोमा संयोजक रामजी लामिछानेले क्षमायाचना समेत गरेका छन्। साथै, iquique तथा Tarapacá क्षेत्रका स्थानीय अधिकारी, जनप्रतिनिधि, सञ्चारमाध्यम, सामाजिक संघसंस्था तथा नेपालप्रति सद्भाव राख्ने सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।

यस अवसरमा नेपालमा विपत्तिबाट प्रभावित व्यक्ति तथा परिवारलाई सम्भव भएसम्म सहयोग पुर्‍याउने उद्देश्यले रेडियो तथा सामाजिक सञ्जालमार्फत जनचेतना र सहयोग जुटाउने प्रयास समेत गरिनेछ। सानो सहयोगले पनि विपत्तिमा परेका मानिसहरूका लागि ठूलो अर्थ राख्न सक्ने भएकाले इच्छुक सबैलाई मानवीय सहयोगमा सहभागी हुन आह्वान गरिएको छ।

संयोजक लामिछानेले यो कार्यक्रम कुनै व्यक्ति, संस्था, जातजाति वा धर्म विशेषको नभई नेपालप्रति ऐक्यबद्धता जनाउने साझा मानवीय कार्यक्रम भएको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार