आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, १० प्रतिशत लाभांश वितरण गर्ने

बिहिबार, भाद्र १८ २०८३

काठमाडौं(जस)–ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको भदौ १७ गते बुधबार बिहान बसेको सञ्चालक समितिको ४७३औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैठकले बैंकको गत आर्थिक वर्ष २०८२÷८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सो १० प्रतिशत लाभांशमध्ये ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर (कर समेत) रहेको छ ।
बैंकले अब उक्त निर्णय स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्नेछ र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएलगत्तै वार्षिक साधारणसभा आह्वान गरी पारितका लागि लैजानेछ । साधारणसभाबाट लाभांश पारित भएपछि शेयरधनीहरूमा उक्त लाभांश वितरण हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार