आइतबार, भाद्र १४ २०८३

आइतबार, भाद्र १४ २०८३

फ्रान्सेली फरवार्ड ब्राडली १२३ मिलियन पाउन्डमा लिभरपुलमा आबद्ध

आइतबार, भाद्र १४ २०८३

काठमाडौं । लिभरपुलले पेरिस सेन्ट-जर्मेनका फरवार्ड ब्राडली बार्कोलाका लागि १२ करोड ३० लाख पाउन्ड (१२३ मिलियन पाउन्ड) सम्मको सम्झौतामा सहमति जनाएको छ। सुरुमा पीएसजीले फ्रान्सेली आक्रमणकारीको मूल्य १४ करोड ५० लाख पाउन्ड तोकेको थियो तर ‘रेड्स’ (लिभरपुल) ले सुरुमा १० करोड ६० लाख पाउन्ड र सम्भावित थप भुक्तानी बापत १ करोड ७० लाख पाउन्डको प्याकेज दिने भएकाे थियाे । तर, अन्तत १२ कराेड २० लाख पाउन्डमा सहमति जुटेकाे हाे ।

२३ वर्षीय खेलाडीले एनफिल्डमा दीर्घकालीन सम्झौतामा हस्ताक्षर गर्नुअघि यसै सप्ताहान्तमा मेडिकल परीक्षण गराउने अपेक्षा गरिएको छ। दायाँ खुट्टाले खेल्ने बार्कोला बायाँ विङमा खेल्न रुचाउँछन् र उनको आगमनले लिभरपुलमा कोडी गाक्पोको भविष्यबारे शङ्का बढाउने छ। बीबीसी स्पोर्टका अनुसार टोटनह्याम हटस्पर र म्यानचेस्टर सिटी दुवैले नेदरल्यान्ड्सका फरवार्डमा चासो देखाएका छन्।

लिभरपुल दायाँ विङ्गरको खोजीमा पनि छ; उनीहरूले ब्राइटनका यान्कुबा मिन्तेह र क्रिस्टल प्यालेसका इस्माइला सारलाई भित्र्याउने प्रयासबारे पनि विचार गरेका थिए। विगत दुई गर्मीयाममा लुइस डियाज र मोहम्मद सलाह बाहिरिए पछि आफ्नो आक्रमण पङ्क्तिलाई बलियो बनाउने क्रममा बार्कोला लिभरपुलको मुख्य लक्ष्य बनेका छन्।

उनी सन् २०२३ मा लियोनबाट ३ करोड ८५ लाख पाउन्डमा पीएसजीमा आबद्ध भएका थिए र उनले तीन लिगमध्ये १ उपाधि, दुई च्याम्पियन्स लिग, दुई पटक फ्रेन्च कपका साथै युइएफए सुपर कप र फिफा इन्टरकन्टिनेन्टल कप जितेकाे टिममा थिए ।

यस गर्मीको विश्वकपमा फ्रान्सका लागि तीन गोल गरेका बार्कोला दायाँ वा बीचको भागबाट पनि खेल्न सक्छन्। ह्युगो एकिटिके गम्भीर ‘अकिल्स’ चोटबाट निको हुँदै गर्दा उनले अलेक्जेन्डर इसाकका लागि विकल्प प्रदान गर्न सक्छन्।

शनिबार नटिङ्घम फरेस्टविरुद्धको खेल अघि बोल्दै रेड्सका प्रशिक्षक एन्डोनी इराओलालाई गाक्पोको भविष्यबारे सोधिएको थियो। उनले “केही पनि ग्यारेन्टी गर्न नसकिने” बताए पनि २७ वर्षीय खेलाडीलाई क्लबमै राख्न चाहेको उल्लेख भने गरेका छन् ।

“विश्वकप र बिदाबाट फर्किएपछि [गाक्पो] को प्रदर्शन र मनोवृत्ति निकै राम्रो रहेको छ। म आशा गर्छु कि हामी उनलाई सोही स्तरमा कायम राख्न सक्छौँ किनभने मलाई लाग्छ उनी हाम्रा खेलहरूमा निकै प्रभावशाली रहेका छन्,” इराओलाले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार