आइतबार, भाद्र १४ २०८३

आइतबार, भाद्र १४ २०८३

झापाको बिर्तामोडस्थित भाट–भटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा

आइतबार, भाद्र १४ २०८३

काठमाडौं । झापाको बिर्तामोडस्थित भाट–भटेनी सुपरमार्केट आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ। भाट–भटेनी सुपर मार्केटले एक सूचना जारी गर्दै २०८३ साल भदौ १४ गते आइतबारदेखि स्टोर नियमित रूपमा सञ्चालनमा आउने जनाएको हो।

भाट–भटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बिर्तामोडस्थित स्टोर आजदेखि दैनिक रूपमा नियमित सञ्चालनमा आई ग्राहकलाई सेवा प्रदान गर्ने जानकारी दिनुभयो।

स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कायम रहेको कम्पनीले जनाएको छ। ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै आवश्यक सेवा तथा सुविधालाई प्रभावकारी बनाइने पनि कम्पनीको भनाइ छ।

स्टोर पुनः सञ्चालनको अवसरमा भाट–भटेनीले आफ्ना सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति निरन्तर साथ, सहयोग र विश्वासका लागि आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि ग्राहकको साथ र सहयोग निरन्तर रहने अपेक्षा कम्पनीले गरेको छ।

बिर्तामोडमा भाट–भटेनीको सेवा पुनः सुरु भएसँगै स्थानीय उपभोक्ताले दैनिक उपभोग्य वस्तुदेखि विभिन्न सामग्री एउटै स्थानबाट खरिद गर्न सक्ने भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार