काठमाडौं । देशका विभिन्न भूभागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवार र समुदायप्रति नेपाल क्रिकेट संघ (क्यान) ले गहिरो दुःख व्यक्त गरेको छ।
विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि क्यानले ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। सो रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने क्यानले जनाएको छ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संकटको यो घडीमा उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सहयोग र सहकार्यका लागि क्यान सदैव प्रतिबद्ध रहने बताएका छन्।