शनिबार, भाद्र १३ २०८३

शनिबार, भाद्र १३ २०८३

बाढीपीडित क्षेत्रमा ७ हजार सेना परिचालित, आज मात्रै २०८ जनाको उद्धारf

शनिबार, भाद्र १३ २०८३

काठमाडौँ । नेपाली सेनाले आज ४३ जना विदेशी नागरिकसहित विपद्मा परेका २०८ जनाको उद्धार गरेको छ।

गत बुधबारदेखि भोटेकोसी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढी प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाको हेलिकप्टरले आज दिउँसो २:३० बजेसम्म ३८ जना चिनियाँ र ५ जना भारतीयसहित २०८ जना नागरिकको उद्धार गरेको हो।

साथै, त्रिशूली-३ हाइड्रोपावरको सुरुङ (टनेल) मा फसेको टोलीको उद्धारका लागि अस्थायी रूपमा बसेको संयुक्त टोलीले ड्रिलिङ मेसिनलगायतका सामग्री प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास गरिरहेको सेनाले जनाएको छ।

प्रभावित जिल्लाहरूमा नेपाली सेनाका करिब ७ हजारभन्दा बढी जनशक्ति खटिएर घाइतेहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार र शव व्यवस्थापनको काम गरिरहेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार