काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक २०० थान हेडल्याम्प तथा त्यसमा लाग्ने ९०० थान ब्याट्री शुक्रबार हस्तान्तरण गरिएको छ।
सामाजिक संस्था विघ्नहर्ता नेपाल (Bignaharta Nepal) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत नेपाली सेना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उक्त सामग्री उपलब्ध गराएको हो।
सुरुङ भित्र र बाढी प्रभावित क्षेत्रमा रातिको समयमा समेत उद्धार तथा खोजी कार्य सञ्चालन गर्न सुरक्षाकर्मीलाई सहज होस् भन्ने उद्देश्यले हेडल्याम्प सहयोग गरिएको संस्थाले जनाएको छ। बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा उद्धार कार्य जारी रहेकाले आवश्यक उपकरणको सहयोगले