आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारद्वारा पत्रकार गौतम सम्मानित

बुधबार, चैत्र ११ २०८२

वीरगञ्ज (पर्सा), ११ चैतः सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम सम्मानित हुनुभएको छ ।

सो पुरस्कारको राशि २५ हजार सहित सम्मानपत्र रहेको छ । उहाँ राष्ट्रिय समाचार समिति (रासस)का तत्कालीन नारायणी अञ्चलका प्रमुख समेत हुनुहुन्थ्यो ।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाद्वारा आज यहाँ आयोजित कार्यक्रममा नव निर्वाचित सांसद बुद्धिप्रसाद पन्तले पत्रकार गौतमलाई सम्मान अर्पण गर्नुभयो । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पत्रकार गौतम अस्वस्थ हुनुभएकाले उहाँकै घरमा पुगेर सम्मान गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार