काठमाडौं । खोटाङकाे केपीलासगढी गाउँपालिका-२ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । ल्यान्ड गर्नेक्रममा हेलिकोप्टर दुर्घटना भएको हो ।
काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।
दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् ।
