आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

साईकोग्राफिक प्रोफाइलिङ माइन्डको भोट !

आइतबार, फाल्गुन २४ २०८२

विनोद दाहाल

यो चुनाव हारजीत मात्र हैन । यो त साम्राज्यवादले सामाजिक सञ्जालमार्फत नेपालीको दिमाग भुट्ने साईकोग्राफिक प्रोफाइलिङबाट डिजर्ट बनाइदिएको अवस्था हो । यो सामाजिक सञ्जालमा रहेका अनेक प्रविधिहरू प्रयोग गरेर बनाइएको मिसाईलबाट दिमाग भुटि डिजर्ट बनाएको हो । यस्को प्रयोग गरेर मानिसलाई एकोहोरिने, ठिकबेठिक र हो वा होइन पनि छुट्याउन नसक्ने बनाएको प्रष्ट छ । यसले हिस्टेरिया बनाउने रहेछ । साम्राज्यवादले मानिसको दिमागमा बारुद (हिस्टेरिया) भरेर मिसाइन बनेको छ । भेनेज्वेलामा हाने जस्तै अर्को खालको यो मिसायल हानेर हाम्रो देशको सार्वभौमिकता ध्वस्त बनाइदिएको छ । जनतामा रहेको राजकीय सत्ता जेन्जी मिसायलले खोसिसकेको थियो, यसले व्यवस्थित र वैधानिक बनाएर खोस्न सफल भएको छ । यो भयङ्कर दुर्घटना हो ।

संवैधानिक व्यवस्था र कानुनी राजनीतिको घेरामा साम्राज्यवादी हस्तक्षेप झेल्ने कि आत्मासमर्पण गरेर गर्ने यही नै अवको किचलो हो । देशको कुटनीति फेरबदल हुने र देश रणभूमि हुने कुरा बाहेक अरू आशा गर्नेहरू बिचरा हुनेछन् ।

एससएसपी गर्ने काम र कुरा रोक्ने तागत भएन भने देश शक्ति राष्ट्रहरूको रणभूभिमा परिणत हुन्छ । रोक्न सक्दा खास फरक केही हुनेवाला छैन । डबल नेकपा झैं दुईतिहाई नजिक हुने हो, अरू केही हुने कुरै छैन, नयाँ कानुन् बनाएर लागु गर्नसमेत राष्ट्रियसभामा शून्य सिट छ, असंवैधानिक र गैर कानुनी काम र कारवाही हुनेवाला नै छैन, संसदीय मार्गमा सवार सुधारवादीले चिन्ता नलिए हुन्छ ।

अरू दलहरूका पनि आआफ्नो निश्कर्ष आउलान् तर के माओवादी आन्दोलनकै गुटहरू एकआपसमा फाट्ने र जुधेर संसदमा पुग्न अनि हराउने खेल खेल्ने गरेकैले यो चुनाव हुन र यस्तो परिणाम व्यहोर्ने स्थितिमा पुगेको हो रु होइन् । यो सबै एउटा गुटले लोकतान्त्रिक गणतन्त्रलाई नै रणनीतिक लक्ष्य बनाएकोले यो अनिवार्य रुपमा आएको परिणती हो । यसलाई पुष्टि गर्न सकिन्छ ।

एक भएर चुनाव हुननसकेका कारण सहिद र आन्दोलनकै अपमान हो भन्न मिल्छ रु सायद यो बेक्कारको तर्क हो । हजारौं-लाखौंको वलिदानलाई भर्याङ बनाएर अन्तिम लक्ष्य नै प्रतिक्रियावादी सत्ताको आशनमा पुग्नेहरू फोहोरी संसदवादी पोखरिमा चुर्लुम्म डुबेर दुर्गन्धित छन् । ती धेरैजसो घृणित व्यक्तिवादी बनेका र अपराध गर्नेहरू बनेका छन् वा त्यस्ता मानिसका रक्षक बनेका छन् । उनीहरूको हार र जीतसँग सहिद वा वलिदान जोड्नु आवश्यक छैन ।

अनि सौताको रिसले पोइको … भन्ने जस्तै व्यवहार देखाएर दूनीयाँको घृणाको पात्र बन्नेहरूको बुद्धिमत्तापूर्ण व्यवहार हो भनेर आत्मारत्तिमा रमाउनु पनि कुनै अर्थ छैन । त्यो पनि केजातीको न्यानो भन्ने भन्दा केही फरक नियत हैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार