आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

बिहिबार, फाल्गुन १४ २०८२

महेन्द्रनगर, १४ फागुनः कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जानकारी दिनुभयो । घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको टोली खटिएको छ ।
त्यसैगरी सोही घरमा रहनुभएकी ४० वर्षीया सीता महता घाइते हुुनुभएको प्रहरीले जनाएको छ । उहाँको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार