आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

दाङका तीन वटा निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र

बिहिबार, फाल्गुन १४ २०८२

तुलसीपुर, दाङ, १४ फागुनः दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको छ ।

घोराही तुलसीपुर–८ भैसापत्रामा क्षेत्र नं २ जोडिन्छ भने घोराही–५ डाँगीगाउँमा क्षेत्र नं १ जोडिन्छ । त्यस्तै, घोराही–८ निर्वाचन क्षेत्र नं २ मा पर्छ भने घोराही–५ निर्वाचन क्षेत्र नं १ मा पर्दछ । तुलसीपुर उपमहानगरपालिका–१४ निर्वाचन क्षेत्र नं ३ मा पर्छ । यसरी तीन वटा निर्वाचन क्षेत्रलाई जोड्ने र सोही ठाउँ हुँदै दाङको गौरवको योजनाका रूपमा रहेको दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको हो ।

घोराहीबाट बबई गाउँपालिकाको हापुरसम्म जोड्ने उक्त सडकले जोड्ने दामोदर खण्डमा कालोपत्रका लागि ग्राभेल हालेको पाँच वर्षभन्दा बढी भइसके पनि अहिलेसम्म कालोपत्रसहित स्तरोन्नति हुनसकेको छैन ।

उक्त सडकअन्तर्गत घोराहीको नैनवारसम्म भने कालोपत्र भइरहेको स्थानीय बताउँछन् । यहाँबाट नजिकै पर्ने तुलसीपुर–१४ को जितपुरसहित १८ किलोमिटर क्षेत्रमा कालोपत्र हुन नसकेको स्थानीय नारायण खड्काले बताउनुभयो । “सोही वडाको बीचमा कालोपत्र नभएर तुलसीपु–११ को उरहरीतर्फबाट काम भएको छ । यसले यहाँका नागरिकलाई आवागमनमा सास्ती हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

वरिपरि सबै ठाउँमा कालोपत्र भएको बताउँदै तुलसीपुर उपमहानगरपालिका–१४ जितपुर क्षेत्रमा सडक स्तरोन्नति नहुँदा यहाँका स्थानीयले आफूहरू उपेक्षामा परेको बताउने गरेका खड्काले उल्लेख गर्नुभयो । दामोदर सडकलाई पश्चिम दाङ जोड्ने वैकल्पिक मार्गका रूपमा पनि लिने गरिएको छ । यो सडक निर्माण भएमा स्थानीय उत्पादन सहजै बजारसम्म लैजान सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार