आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एक लाख भन्दा बढी नक्कली नोट सहित जना पक्राउ

आइतबार, फाल्गुन १० २०८२

 इमरान खान

कपिलवस्तु : कपिलवस्तुमा एक हजार नेपाली दरका १०१ वटा नक्कली नेपाली नोटसहित ४ जना पक्राउ परेका छन् । नेपाली नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा कपिलवस्तुका तीन स्थानमा रहेका पेट्रोल पम्पमा नक्कली नोटको कारोबार भइरहेको खुलेको हो ।

प्रहरीले फागुन १ गते बुद्धभूमि नगरपालिका–६ कोहनौलियाका ५० वर्षीय सट्टु यादवलाई नियन्त्रणमा लिएको थियो । खानतलासीका क्रममा यादवसगँ एक हजार दरका ९९ वटा नक्कली नोट बरामद गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए । अनुसन्धानकै क्रममा यादवले दुई वटा नक्कली नोट प्रयोग गरी पेट्रोल पम्पमा पुगेर मोटरसाइकलमा इन्धन भरेको समेत खुलेको छ।

यस प्रकरणमा संलग्न रहेको आरोपमा महुवाका अजय यादव, कपिलवस्तु नगरपालिका वडा नम्बर ८ कचरिहवाका संजय भनिने पटेश्वरी गुप्ता तथा ५० वर्षीया साजिदा खातुनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका चारै जनामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । अदालतबाट ८ दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार