आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कपिलवस्तुमा बालक हराए, परिवारको खोजी कार्य तीव्र

सोमबार, फाल्गुन ४ २०८२

इमरान खान

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–८ लौगाई निवासी अमृत बेल्बासे आइतवार शिवरात्रीको दिनदेखि हराएका छन् । परिवारका अनुसार उनी सोही दिन दिउँसो करिब १ बजेतिर घरबाट निस्किएका थिए र त्यसपछि सम्पर्कविहीन छन् ।

अमृत होराइजन इङ्लिस बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । हराउँदा उनले हरियोरखैरो हुड, सेतो पाइन्ट र खुट्टामा चप्पल लगाएका थिए ।

परिवारले दिएको जानकारीअनुसार उनी बोडगाउँ चोक पुगेपछि आफ्नो साइकल एउटा फलफूलको पसलमा राखेर हिँडेका थिए । त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।

अमृतका पिता जनक प्रसाद बेल्बासे र माता सुनिता बेल्बासे हाल विदेशमा रहेका छन् । उनी लौगाइमा आफ्नी हजुरआमा र दिदीसँग बस्दै आएका थिए ।

बालक हराएपछि परिवारले खोजी कार्य तीव्र बनाएको छ । कुनै जानकारी भएमा अभिभावक बसन्ता बेल्बासे लाई ९८४०४८९२०९ नम्बरमा सम्पर्क गर्नहुन अनुरोध गरिएको छ।

स्थानीय बासिन्दा तथा सम्बन्धित निकायलाई खोजीमा सहयोग गर्न परिवारले आग्रह गरेको छ । जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा पठाइदिनहुन परिवारकाले सम्पुर्णमा आनुरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार