बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनआईसी एसिया बैंकले लाभांश नबाँड्ने

शुक्रबार, फाल्गुन १ २०८२

काठमाडौं । एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०८१/०८२ को लागि लाभांश नबाँड्ने भएको छ।

माघ २९ मा बसेको बैंक सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले गत असारसम्मको वासलात, आव २०८१/०८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरेको थियो।

त्योसँगै विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय भएको बैंकले उल्लेख गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार