हङकङमा JobLink Connect एपको बेटा संस्करण सुरुवात भएको छ । JobLink Connect सम्भवतः हङकङमा नेपाली समुदायका व्यवसायीद्वारा विकसित गरिएको पहिलो एप हो।
JobLink को सोच CUHK EMBA को MIT Hong Kong Innovation Node अन्तर्गत Think Like an Innovator पाठ्यक्रम अध्ययनको क्रममा परिष्कृत गरिएको थियो र यसले Viber र Facebook मा सुरुगरिएको “कन्स्ट्रक्सन ग्रुप” को डिजिटल भर्सनलाई प्रतिनिधित्व गर्दछ, जुन २०१४ मा DK Dahal द्वारा विशेष गरी नेपाली समुदायको लागि सुरु गरिएको थियो।
यो App को प्रयोगले कामदारले घरमै बसेर सिप र दक्षताको आधारमा काम खोज्न सक्छन् भने, रोजगारदाताले पनि सजिलैसँग कामदार खोज्न सक्नेछन्।

JobLink एक मोबाइल फ्रेन्डली App हो, जुन ब्लू-कलर कामदारहरू लाई सिधै रोजगारदाताहरूसँग सम्बन्धित क्षेत्रहरूमा जोड्न डिजाइन गरिएको हो। एपले ब्लू-कलर कामदारहरूलाई छिटो र कुशलतापूर्वक उपयुक्त रोजगारीका अवसरहरू खोज्न मद्दत गर्दछ। यो एप हङकङमा सुरुवात गरेपश्चात्, छिट्टै नै नेपाल लगायत संसारभर यसको कार्यक्षेत्र बढाउने तयारीमा जुट्ने डीके दाहालले जनाएका छन् ।
हाल हङकङमा कामको हाहाकार छ। धेरै नेपालीहरू बेरोजगार छन्। हङकङको नेपाली समुदाय भित्र JobLink को बारेमा प्रचार प्रसार गर्न जरुरी रहेको दाहालको भनाई छ ।
INDUSTRIES WE COVER: Construction, Food and Beverage(F&B), Domestic Helper, Security Guard & Bodyguard, Driver, Manufacturing & Production, Transportation & Logistics, Maintenance, Repair & Installation, Healthcare Support, and more.


