बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हुलास इन्फ्रा लिमिटेडको तेस्रो बार्षिक साधारणभसा सम्पन्न

बुधबार, पुष ३० २०८२

काठमाडौं(जस)–हुलास इन्फ्रा लिमिटेडको संचालक समितिको बैठकको निर्णयानुसार बोलाइएको तेस्रो वार्षिक साधारण सभा सम्बन्धि लिमिटेडका अध्यक्ष शरद गोल्छाको अध्यक्षतामा सम्पन्न भएको छ । बार्षिक साधारणभसामा सञ्चालक चन्द्र कुमार गोल्छा, अभिज्ञान गोल्छा र स्वातन्त्र सञ्चालक श्री संजीव कुमार श्रीवास्तवसहित सत प्रतिशत शेयरधनीहरुको उपस्थिति थियो । साधारण सभाको गणपुरक संख्या सम्बन्धि व्यवस्था बमोजिम गणपुरक संख्या पुगेकाले वार्षिक साधारण सभा बैधानिक रहेको बताईएको छ ।
साधारणभसामा अध्यक्ष शरद गोल्छाबाट पासनमा बत्ति प्रज्वलन गरी अतितिहरुलाई सम्मान पछि अध्यक्षबाट तेस्रो बार्षिक साधारसभाको औचित्य सहित सञ्चालक समितिकोतर्पmबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो । समान्य प्रस्तावमा प्रतिवेदन उपर छलफल, लेखापरीक्षकको प्रतिवेदनसहति नाफा नोक्सा हिसाव तथा नगद प्रवाह विवरण लेखापरीक्षकको नियुक्तीका साथै चुक्ता पूँजी तथा सञ्चित मुनाफाको कुल रकमभन्दा बढी ऋण लिएको सम्बन्धमा छलफल भई साधारण सभाबाट भएको निर्णयको कार्यान्वयनका लागि नियमनकारी निकायबाट कुनै दर्ता, थपघट वा संशोधन गर्न दिर्नेशन दिएको खण्डमा सो बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय भएको छ ।

यस कम्पनीका अध्यक्ष तथा तेस्रो वार्षिक साधारण सभाका सभापति श्री शरद गोल्छाज्यूले सभालाई सम्बोधन गर्दै तेस्रो वार्षिक साधारण सभाको औचित्य सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै छलफलका विषयमा आ–आफ्नो बिचार प्रकट गर्नुहुन सम्पूर्ण शेयरधनी महानुभावहरुलाई अनुरोध गरेका थिए । छलफलमा शेयरधनी महानुभावहरुले ब्यक्त गर्नु भएको मन्तब्य, राय तथा सुझाबः उपस्थित शेयरधनीहरु मध्ये केहि शेयरधनीहरुले छलफलमा भाग लिदै कम्पनीको व्यवसायका बारेमा जिज्ञाशा राखेका थिए । संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गनुभएको जवाफः अध्यक्षज्यूले तेस्रो वार्षिक साधारण सभामा शेयरधनी महानुभावहरुले प्रस्तुत गर्नु भएको अमूल्य सुझाव तथा सल्लाहका लागि शेयरधनीहरुलाई धन्यबाद व्यक्त गर्दै सभामा उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए । सभाको निर्णयः तेस्रो वार्षिक साधारण सभाका सभापति तथा कम्पनीका अध्यक्ष श्री शरद गोल्छाले तेस्रो वार्षिक सधारण सभामा प्रस्तुत प्रस्तावहरु क्रमशः पारित गरिदिनुहुन अनुरोध गर्नु भयो । सोहि बमोजिम सभामा निर्णयार्थ प्रस्तुत प्रस्तावहरु देहाय बमोजिम पारित गरेका थिए ।
सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट कम्पनीको आ.व.०८१÷८२ को वार्षिक प्रतिवेदन उपर विस्तृत छलफल, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०८१÷८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू विस्तृत छलफल भई सभाबाट पारित भयो । कम्पनीको लेखापरिक्षण समितिको सिफारिस तथा कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०८२÷८३ को हिसाव किताव लेखापरिक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ को चुक्ता पूँजी तथा संचित मुनाफाको कुल रकम भन्दा बढी ऋण लिएको सम्बन्धमा विस्तृत छलफल गर्दा उक्त ऋण लेखापरिक्षण प्रतिवेदनसँग मिलेकै देखिदा उक्त ऋण अनुमोदन गर्ने निर्णय सभाबाट पारित गरियो । साधारण सभाबाट भएको निर्णयको कार्यान्वयनका लागि नियमनकारी निकायबाट कुनै दर्ता, थपघट वा संशोधन गर्न निर्देशन दिएको खण्डमा सो बमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धि विशेष प्रस्ताव यस सभाबाट सर्वसम्मत रुपमा पारित भयो । निर्णय पुस्तिकामा हस्ताक्षरः यस तेस्रो वार्षिक साधारण सभाको निर्णय पुस्तिकामा दस्तखत गर्नका लागि कम्पनी ऐन २०६३ को दफा ७५ अनुसार सभाका अध्यक्ष र कम्पनी सचिवले दस्तखत गर्ने व्यवस्था भएकाले सोहि अनुसार दस्तखत गर्ने भनि सभाको विसर्जनः यस कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने शेयरधनीहरु, संचालकज्यूहरु, व्यवस्थापन, नियामक निकाय तथा सम्बद्ध सवैलाई सहयोगका लागि आभार व्यक्त गरेका थिए । तेस्रो वार्षिक साधारण सभा, सभाका सभापति तथा यस कम्पनीका अध्यक्ष श्री शरद गोल्छाले सभा बिसर्जन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार