बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साना किसान लघुवित्तको २४ औं वार्षिक साधारणसभा सम्पन्न

आइतबार, पुष २७ २०८२

काठमाडौं(जस)–साना किसान विकास वित्तीय संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न उक्त सभाले १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले सेयरधनीहरुलाई लगानीको प्रतिफल स्वरुप बोनस सेयर १४.२५ प्रतिशत र कर प्रयोजनका लागि नगद लाभांश ०.७५ प्रतिशत उपलब्ध गराउने प्रस्ताव पारित गरेको हो । आगामी दिनहरुमा अझै उच्च प्रतिफल दिने गरी वित्तीय संस्थाको व्यवसाय अघि बढाउन वित्तीय संस्था प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।
यस वित्तीय संस्थामा देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा १ हजार ४ सय ६३ साझेदार संस्था आवद्ध रहेका छन् । आवद्ध सहकारी संस्थाहरूले ८८ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ बराबरको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन् । वित्तीय संस्थाले आव २०८१÷८२ को अन्त्यसम्ममा कुल ९ लाख ४१ हजार ७३१ साना किसान परिवारलाई लघुवित्त सेवा पुरÞ्याउन सफल भएको छ । जसमध्ये दलित १०.९२ प्रतिशत, जनजाति ४२.२१ प्रतिशत र अन्यको ४६.८७ प्रतिशत रहेकोमा महिला सहभागिता ८२ प्रतिशत रहेको संस्थाको दाबी छ ।
आव २०८१÷८२ मा यस वित्तीय संस्थाको जारी र चुक्ता पुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार रुपैयाँ, कुल सम्पत्ति ४१ अर्ब ५० करोड ४९ लाख ७३ हजार रुपैयाँ पुगेको संस्थाले जनाएको छ । प्रति सेयर आम्दानी २०.२९, प्रति सेयर बुक नेटवर्थ २३९.३८ रुपैयाँ, जम्मा पुँजीमा प्रतिफल ८.४८ प्रतिशत, मूल्य आम्दानी अनुपात ४३.४० र कुल पुँजी कोष १६.०२ प्रतिशत रहेको प्रमुख कार्यकारी अधिकृत बाशु अधिकारीले जानकारी दिए । उनले भने, ‘वित्तीय संस्थाले आफूसँग आबद्ध संस्थाहरुलाई २०८२ आषाढसम्म २३ अर्ब १ करोड ८४ लाख लगानी र २४ अर्ब ८४ करोड ८५ लाख ऋण असुल गरेको छ भने लगानीमा रही रहेको ऋण ३५ अर्ब ९० करोड ७३ लाख रुपैयाँ रहेको छ ।’
यस वित्तीय संस्थाले नेपाल सरकारको ऋण सहयोगमा १५ वर्ष अघिदेखि सहुलियतपूर्ण पशुपालन तथा तरकारी खेती कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत २०८१÷८२ को अन्त्यसम्म कुल १ लाख ६९ हजार ५०० किसानहरुलाई १८ अर्ब ३८ करोड रुपैयाँ मासु तथा दुग्धजन्य पशुपालन र १७ हजार ५०० किसानहरुलाई २ अर्ब २२ करोड ६० लाख रुपैयाँ तरकारी खेती कर्जा लगानी गर्ने लक्ष्य राखेको थियो । जसमा २ लाख ८५ हजार ३ सय ७२ जना किसानलाई ४३ अर्ब ८० करोड ९२ लाख पशुपालन कर्जा र १८ हजार १ सय २ जना साना किसानलाई ३ अर्ब ९ करोड ५२ लाख रुपैयाँ तरकारी खेती कर्जा प्रवाह भएको छ । सो रकमबाट किसानहरुले बाख्रा, बङ्गुर, पाडापाडी, भैंसी र गाईजस्ता १७ लाख ७९ हजार ७० पशुवस्तु पालन र १० हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरेको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । यस कार्यक्रमका माध्यमबाट वार्षिक रुपमा झण्डै ७ अर्बको हाराहारीमा र हालसम्म ७३ अर्ब भन्दाबढीको मासु तथा दुग्धजन्य पदार्थ र तरकारीको उत्पादन भएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७७÷७८ देखि बागमती प्रदेश सरकारको ऋण सहयोगमा उत्पादन तथा रोजगारीका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम पनि सञ्चालनमा ल्याएको अधिकारीले जानकारी दिए । यस वित्तीय संस्थाबाट ऋण बाहेकका साना किसान सहकारी संस्थाहरु मार्फत पशुधन सुरक्षणरपशुपालन प्रवद्र्धन, सामाजिक तथा सामुदायिक, कृषि वित्तरवित्तीय साक्षरतारक्षमता अभिवृद्धि, उद्यमशीलता विकासजस्ता तालिमरगोष्ठी, सुधारिएको चुलो कार्यक्रम र साना किसान सहकारी अनुशरण जस्ता कार्यक्रमहरु सञ्चालन हुँदै आएको छन् । विभिन्न परियोजनाका लागि, आइएफएडी, सीप र समृद्धि, भ्एऋृ जस्ता संस्थाहरुको सहकार्यमा साझेदार संस्थाहरुको क्षमता विकास र युवाहरुको सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालन भइरहेको संस्थाले जनाएको छ ।
युवाहरुलाई इजरायलमा आधुनिक कृषि तालिमको व्यवस्था गरी हालसम्म ३१ सय ६१ जनाले तालिम सम्पन्न गरेका छन् । यो कार्यक्रम, नेपालको कृषिको व्यवसायिकरणमा कोशेढुंगा हुने अपेक्षासहित निरन्तरताको लागि वित्तीय संस्था प्रयासरत रहेको पनि जनाएको छ । आर्थिक वर्ष २०७६÷७७ देखि कोरोना महामारीका कारण यो कार्यक्रम सुचारु हुन भने सकेको छैन । यस वित्तीय संस्थाले एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको सहकार्यमा कृषिमा युवा तथा स्तरोन्नती भएका साना किसानहरुलाई लक्षित गरी कृषि उत्पादन, प्रशोधन र बजारीकरण कार्यमा संलग्न गराउन ग्रामीण उद्यम परियोजना सञ्चालन गरेको छ । कृषि मूल्यश्रृङखला अभिवृद्धिमार्फत किसानलाई बीउविजत वितरण उत्पादनको प्रशोधन, भण्डारण र बजारीकरणमा सहयोग गर्दै आएको छ । ’यस अन्तर्गत २०८२ असार मसान्तसम्म सामूहिक तर्फ ४७ वटा परियोजना र व्यक्तिगत तर्फ २४९६ गरी कुल २५४३ वटा उद्यम सञ्चालन भई ५ अर्ब ४९ करोड ४४ लाख ३७ हजार लगानी भएको छ’, प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । पारदर्शिता, व्यावसायिक कुशलताका साथसाथै संस्थागत जवाफदेहिताले हाम्रो कार्यगर्ने शैलीमा समय अनुसार प्रविधिको प्रयोग, उत्पादनमुखी व्यवसाय र त्यसबाट बढीभन्दाबढी साना किसानहरुले कम लागतमा पुँजीको प्रतिफल लिन सकुन् भन्ने अठोट रहेको पनि संस्थाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार