आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बर्दियाको बढैयातालमा एक युवक मृतावस्थामा फेला

मंगलबार, पुष २२ २०८२

ठाकुरबाबा, बर्दिया, २२ पुसः बर्दियाको बढैयाताल गाउँपालिका–८ दैलेखी टोलमा एक युवक मृतावस्थामा फेला परेका छन् ।

बढैयाताल–८ दैलेखीटोलका अन्दाजी ३७ वर्षीय खमान सिंह सार्कीको शव आज बिहान माछापोखरीमा फेला परेको हो । इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाका प्रहरी निरीक्षक अच्युत गिरीका अनुसार मृतक सार्की बढैयाताल–८ दैलेखी टोलमा फ्रेस हाउस सञ्चालन गर्दै आएका शिवहरि रानाभाटको सानो माछापोखरीमा मृतावस्थामा भेटिएका हुन् ।

स्थानीयवासीका अनुसार श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि मृतक सार्की दाजुसँगै बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा अत्यधिक मदिरा सेवनका कारण पोखरीमा खसेर उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक गिरीका अनुसार मृतकको शरीरमा बाह्य चोटपटक देखिएको छैन । घटनाबारे थप अनुसन्धान गर्न शवपरीक्षणका लागि जिल्ला अस्पताल बर्दिया पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार