सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

धरान हेल्पिङ ह्याण्ड्स यूएईद्वारा क्यान्सर र मिर्गौला रोगीलाई मानवीय सहयोग हस्तान्तरण।

सोमबार, मंसिर २९ २०८२

निश्चल दाहाल

यूएईमा कार्यरत धरानेली नेपालीहरूको साझा सामाजिक संस्था धरान हेल्पिङ ह्याण्ड्स यूएईले आफ्नो मानवीय सहयोग कार्यक्रमअन्तर्गत गम्भीर रोगबाट पीडित दुई व्यक्तिलाई आज आर्थिक सहयोग प्रदान गरेको छ।

संस्थाको विशेष आह्वानपछि संकलित सहयोग रकममध्ये चितवन निवासी बोन म्यारो क्यान्सरबाट पीडित नैना देवी भट्टराईलाई नेपाली रुपैयाँ ६६,६४४.३३ प्रदान गरिएको छ। त्यस्तै, धरान–१४ निवासी तथा धरान हेल्पिङ ह्याण्ड्स यूएईका पूर्व सदस्य, मिर्गौला रोगबाट पीडित रमेश श्रेष्ठलाई नेपाली रुपैयाँ १,०२,५७५.०० संस्थाका पदाधिकारीहरूले उहाँकै निवासमा पुगेर हस्तान्तरण गरेका हुन्।

सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै संस्थाले निरन्तर सञ्चालन गर्दै आएको मानवीय सहयोग कार्यक्रममार्फत यो सहयोग प्रदान गरिएको हो। सहयोग हस्तान्तरणका अवसरमा धरान हेल्पिङ ह्याण्ड्स यूएईका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठले आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी मनहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक र मानवीय कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार