खगेन्द्र छन्त्याल
कमरेड मोहन बैद्य ‘किरण’ निकट तत्कालिन देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालको म केन्द्रिय कार्यालय सचिव हुँदा सम्भवत ०७५/०७६ तिर कुपन्डोल स्थित कार्यालयमा कमरेड गोपाल किराँती (साईला) आइराख्नुहुन्थ्यो । कमरेड किरण, कमरेड गौरवको भेटघाटकक्ष मेरो कार्यकक्षको भित्र पट्टि रहेको कारण उहाहरुलाई भेट्नको निम्ति जोकोहीले पनि पहिले मसंग भेट्नुपर्दथ्यो । यहिक्रममा साईलादाईसंग मेरो भेटघाट र गफगाफ हुनेगर्दथ्यो । साह्रै मज्जाको मान्छे उहाँ । निक्कै सरल र सहज तथा निडर र हक्की स्वभावको मान्छे उहाँ । सर्वहारा संस्कारले सुसज्जित भएकोकारण मलाई निक्कै मनपर्ने मान्छे उहाँ ।
कमरेड प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा (माओवादी केन्द्र) एमाले संगको पार्टी एकतामा समावेस भैसके पश्चात कमरेड गोपाल किराँती आफू त्यो एकतामा समावेस नभई नेकपा (माओवादी केन्द्र) को पुनरगठन गरेर त्यसको नेतृत्व गरिरहनुभएको थियो । हाम्रो पार्टी तत्कालिन नेकपा (क्रान्तिकारी माओवादी) लगायत पार्टीहरुसंग उहाहरुको पार्टीले बिबिध बिषयहरु जस्तै रास्त्रियता,जनतन्त्र र जनजीविकाका सवालहरुमा कार्यगत एकता गर्नेगर्द्थ्यो । कार्यगत एकतालाई कार्यनीतिक संयुक्त मोर्चा ,रणनीतिक संयुक्त मोर्चा हुदै पार्टी एकतासम्म नै पुर्याउनुपर्दछ भन्ने शोंच सवैमा थियो । तर खासगरी नेपाली समाजको बिस्लेशन र प्रतिक्रियावादी चुनावलाई हेर्ने प्रश्नमा पटक्कै कुरा मिलेन र त्यो सम्भव भएन । ऋषि कट्टेल, साईलादाई लगायतले धेरै मेहनत गर्नुभयो तर ति सव व्यर्थ भए । मलाई लाग्छ उहाँहरुको प्रयास बिफल हुनुमा हाम्रातिरका जडता र संक्रिनता नै मुख्य जिम्मेवार थिए ।
साईलादाईले आफू नेतृत्वको माओवादी केन्द्रलाई स्थापित गर्न निक्कै मेहनत गर्नुभयो । रास्त्रियताको मुद्दा बोकेर पुर्व(पश्चिम देश दौडाहका साथै कैयौ राजधानी केन्द्रित कार्यक्रम गर्नुभयो । जनतन्त्र र जनजीविकाका मुद्दामा एकल तथा संयुक्त कैयौ कार्यक्रम गरिए । मैले चिनेका कैयौ अहिलेका नेताहरु जस्तै कर्णजित बुढाथोकी,आलोक रायमाझी,लोकराज जैसी,बलराम पुन, बिमल निरौला आदि र मैले नचिनेका अरु कैयौको नेतृत्व र व्यक्तित्व बिकासमा साईलादाई नेतृत्वको माओवादी केन्द्रको महत्वपूर्ण भूमिका छ । यसरि लगभग पार्टी स्थापित भैसकेको अवस्था थियो ।
पार्टी मात्र होईन कमरेड प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले छोडेर गएका वाईसीएल,प्रेस सेन्टर लगायत केहि मोर्चाहरु पनि बिस्तारै साईला दाईको माओवादी केन्द्रले ब्युताउदै थियो । ठिक यहि समयमा उहाले ‘विपश्यना : मार्क्सवादको चौथो संघटक अंग’ भन्ने बिचार पार्टीमा पस्कनुभयो । यसले साईलादाईलाई पार्टीमा बिबादित बनायो । हुँदाहुँदा उहाँ पार्टी नेतृत्ववाट बाहिरिनु पर्यो । साईलादाई नेतृत्व वाट बाहिरिय लगत्तै पार्टी टुक्रा टुक्रा भयो । र ति सवै टुक्रा विभिन्न ठाउमा बिलय भए । सारत : प्रचण्ड बिरुद्दको साईलादाईको बिद्रोह असफल भयो अर्को शब्दमा भन्दा त्यो बिद्रोह सहि थियो भन्ने पुस्टि हुनसकेन । तथापि उहा कत्तिपनि बिचलित नभई आफ्नै ढंगले देश र जनताको पक्षमा निरन्तर लडिरहनुभयो । यसविच अदालतले कमरेड प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र कमरेड ओली नेतृत्वको एमालेविच भएको पार्टी एकतालाई अवैध घोषणा गरिदियो र तकालिन नेकपा विभाजित भै पुन: माओवादी केन्द्र र एमाले सक्रिय भए । त्यसको लामो समय पश्चात पुन: बृहत बाम एकताको प्रक्रिया संगै कमरेड प्रचण्डसंग ३ बुंदे सहमति गर्दै साईलादाई विघटित माओवादी केन्द्रमा समाहित हुनुभयो ।
साईलादाईले कमरेड प्रचण्डको नेतृत्व बिरुद्ध बिद्रोह गर्दा अन्तर्यमा के के कारण थिए त्यो गहिराईसम्म म पुग्न सकिन वा चाहिंन । तर सतहमा देखिएका कारणलाई मात्र हेर्दा उहाले कमरेड प्रचण्डको तत्कालिन नेतृत्व बिरुद्ध बिद्रोह गर्नुको कारण थियो- प्रचण्डले एमालेसंग सिद्दान्तहिन एकता गरे जसअनुसार प्रचन्डले सिद्दान्त (माओवाद) छोडे,पार्टीको नाम छोडे, पार्टीको चुनाव चिन्ह छाडे । ति सवैको रक्षाका निम्ति उहाले बिद्रोह गर्नुभएको थियो । तर उहाले बिद्रोह गरेको मात्र केहि बर्ष पछि नै पुन : कमरेड प्रचण्ड कै नेतृत्वमा पुरानै सिद्दान्त, पुरानै नाम र पुरानै चुनाव चिन्ह सहितको पुरानै माओवादी केन्द्र फर्कियो तर साईलादाई माओवादी केन्द्रमा फर्किएनन । तर कमरेड प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रले नेकपा एस लगायतसंग एकता गर्नेक्रममा फेरि सिद्दान्त (माओवाद),पार्टीको नाम र पार्टीको चुनाव चिन्ह छाड्दैगर्दा (उहाको शब्दमा) साईलादाई कमरेड प्रचण्डको नेतृत्वको माओवादिकेन्द्रमा फेरि समाहित हुनुभयो । मतलव जे चिज नहुनुपर्ने थियो त्यो भयो भनेर एकपटक उहाले कमरेड प्रचण्डको नेतृत्व बिरुद्ध बिद्रोह गर्नुभयो कालान्तरमा फेरि त्यही चिज भैरहदा कमरेड प्रचण्डको नेतृत्वमा उहा समाहित हुनुभयो । सायद यसले प्रचण्डको नेतृत्व ठिक र साईलादाईको बिद्रोह वेठिक नै पुष्टि गर्यो ।
कमरेड सुदन किराँतीलाइ नजिक बात देख्न, भेट्न,बोल्न र सहकार्य गर्न मलाई अवसर मिलेन । त्यसकारण मैले उहालाई नजिकबाट चिन्दैन । टाढावाट सुनेको उहापनि कमरेड गोपाल किराँतीसंगै जनयुद्दमा होमियको एक कुशल योद्दा हो । भोजपुरका जनताले पटक पटक छानेको सांसद हो । र पार्टीले छानेको मंत्रीपनि हो । कमरेड सुदन मंत्री पदमा हुदा मैले सामाजिक संजालमा देखेको थिएँ । आफ्नो कार्यकक्षमा आफै पोतो लगाइरहनु भएको भएको । धेरैले त्यसलाई स्तंडवाजी भनेतापनि मैले त्यसलाई सकारात्मक र उनि असल मान्छे रहेछन भनें । टाढावाट देखिरहँदा मंत्री हुदासम्म ठीकठाक नै थियो तर जब मंत्रीवाट हट्नुभयो तव पार्टी नेतृत्व प्रति उहाको असन्तुस्टी र आक्रोस पोखिन थाल्यो । उहाका ति व्यवहारका संगसंगै विभिन्न प्रतिक्रियाहरु सतहमा आए ति मध्य एउटा थियो – कमरेड सुदन किराँती चाहन्थे पार्टीले उनको मंत्री पदको समयावधि लम्बाईदेवस तर त्यो सम्भव भएन । मंत्रीदेखि बिदा भएदेखि निरन्तर उहाका असंतुस्तिहरु सार्वजनिक भैरहे । ति असंतुस्तिहरुको कभर हुन्थे पार्टी भित्रका वेथिति,बिकृति र बिसंगतिहरु । अन्तत : पार्टी एकता प्रक्रियामा कमरेड सुदन किराँती सहभागी हुनुभएन । उहाले कमरेड प्रचण्डको साथ छोड्नुभयो अर्थात, कमरेड प्रचण्डको नेतृत्व बिरुद्द उहाले बिद्रोह गर्नुभयो ।
पार्टी एकता प्रक्रियामा सहभागी नहुनु र कमरेड प्रचण्डको नेतृत्व बिरुद्ध बिद्रोहको कारणवारे कमरेड सुदन किराँतीको स्पस्तोक्तिहेर्दा बिगतमा कमरेड गोपाल किराँतीको जे हो ठ्याक्कै अहिले उहाको त्यही हो भन्ने बुझिन्छ । अर्थात, पार्टी एकताको बहानामा प्रचन्डले सिद्दान्त छोडे, पार्टीको नाम छोडे ,पार्टीको चुनाव चिन्ह छोडे । त्यसकारण तिनको रक्षाको निम्ति हामीले प्रचन्डलाई छोड्यौ । तर ब्यबहारमा कमरेड गोपाल किराँती र कमरेड सुदन किराँती धेरै फरक देखिन्छन । कमरेड गोपाल किराँती प्रचन्डले जे जे छोडेको आरोप लगाउथे उनले ति ति चिजको रक्षा गर्न प्रयत्न गरेको देखिन्थे । कमरेड सुदन किराँतीले त्यसको उल्टो गरेको देखिन्छ उहा प्रचण्डले जे नगर्नुपर्ने भनिरहनुभएकोछ आफुले त्यही गरिरहनुभएकोछ । अर्थात कतिपय घटनाक्रमले कमरेड सुदन किराँती मार्क्सवाद देखिनै टाढा जान थाल्नु भएको त होईन ? भन्ने प्रश्न पनि उब्जिरहेकाछन । आशा गरौ कमरेड सुदन लगायतकोवारेमा उब्जिएका यी प्रश्नहरु वाईयात सावित हुनेछन ।
तसर्थ माथिका घटनाक्रमले देखाउछ द्वयकिराँती हस्तीहरु मध्य एक कमरेड गोपाल किराँती कमरेड प्रचण्ड नेतृत्वको महासमरमा ‘ईन’ र अर्का कमरेड सुदन किराँती ‘आउट’ भएकाछन । अपेक्षा गरौ आन्दोलनको अनेकौ उतार चढाव र आरोह,अवरोह पार गर्दै भबिस्यको कुनैपनि घुम्ती र कालखण्डमा कमरेड सुदन किराँती पनि त्यो महासमरमा फेरि ‘ईन’ हुनेछन ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij