विमल सुवेदी
नयाँ–नयाँ ठाउँमा घुम्न अवसर मिलेमा घुम्न इच्छा कसको हुँदैन होला र समय र परिस्थिति मिल्न पर्ने रहेछ । धेरै लामो प्रतीक्षा पछी यस पटक मुक्तिनाथ दर्शन गर्ने अवसर मिल्यो । मुक्तिनाथ को यात्रा पर्यटकिय र धार्मिक दुवै दृस्टीकोण वाट महत्वपूर्ण छ मानिन्छ ।
त्यहि कारण याहा युवा देखि जेस्ठ नागरिक सम्मका जुन सुकै उमेर र तह तप्काको नेपालि र विदेशी नागरिकको रोजाइको गन्तब्यको रुपामा मुक्तिनाथ लाइ लिहिन्छ पहिला पहिला हिमाल पारीको जिल्ला भनेर चिनिने गण्डकी प्रदेशको मुस्ताङ् जिल्ला यातायातको सुविधाले बर्तमान यात्रा कठिन नभए पनि २०४५/
४६ तिर पोखरा बाट एक हप्ता लगाएर मानिस हरु जाने आउने गर्दथे । बिशेसत धार्मिक दृस्टीकोणले यस मन्दिरमा हिन्दु र वौद्द दुवै धर्मावलम्बी हरुको महत्वपूर्ण तिर्थ स्थल मानिन्छ ।
अरुकै झैँ मेरो मुक्तिनाथ यात्रा धार्मिक र पर्यटकीय द्रिस्टीकोणकोअलवा वि. सं. २०६२ सालको मङ्सिर महिनामा मुक्तिनाथका पिठाधिश्वर कमलनयन आचार्य लगायत लाखौँ नेपाली भक्तजनहरूले नेपाललाई तत्कालिन दन्द्वबाट मुक्ति मिलोस् भनेर मुक्तिनाथका १०८ शालिग्रामलाई हरिद्वारमा लगेर गङ्गाको तटमा सवालाख गाइको दूधले नुहाएर सवाकरोड बत्ती बाली पूजा गरेका थिए, त्यसको पांच महिनामा नेपालमा शान्ति स्थापना भएको थियो यस दृस्टीले पनि मलाइ त्यो भूमिमा जानमन लागेको थियो तथापि समय परिस्थि नमिले पछी सोच्दैमा अथवा योजना बनाउंदै मा पुगीदो रहेनछ बल्ल २०८२ सालमा मुक्तिनाथ जाने साहित जुर्यो जसलाई मैले मुक्तिनाथ धामको कृपा को रुपमा लिएको छु ।
हिन्दु धर्मावलम्बी हरुले मुक्तिनाथ पुग्नु भन्दा पहिला काग वेनिमा गएर आफ्ना प्रितिलाई तर्पर्ण दिए पछी मुक्तिनाथको दर्शन गर्ने प्रचलन छ यद्दपी तर्पण न दिएर पनि गएर मुक्ति नाथको दर्शन गर्न र त्यहा स्थति पवित्र धारमा स्नान् गर्न सकिन्छ । तर एक भनाइँ पनि रहेछ गया कासिमा पितृ तर्पर्ण गर्न जाँदा काग बेनीको तर्पण गरे नगकोरेको भन्ने प्रस्न आउँदो रहेछ भन्ने कुरा गया कास्की जाने हरुको मुखार विन्दु सुनिन्छ यसले पनि कागवेनिको महत्व दर्शाउ छ ।
मुक्तिनाथको महत्व : हिन्दु र बौद्द धर्मका लागि पबित्र तिर्थस्थल
त्यहा रहेका १०८ धारामा नुहाएर कुण्डमा डुबुल्की मार्दा पाप मोचन र मोक्ष प्राप्त हुने विस्वास गरिन्छ ।
मेरो घर कास्कीको पोखरा भए पनि रोजगारीको सिलसिलामा बिदेसमा रहेको परिस्थिति नमिलेको ले मा मुक्तिनाथ गएको थिइन । फेरी मुक्तिनाथ ध्रामिक र पर्यटकीय दुइ दृस्टी बाट पुगिने हुनाले एक पन्त दोकाज गर्न कसलाई मन पर्दैन र रु तथापि मुक्ति नाथ यात्रालाई पितृ तर्पण संग पनि जोडिने हुनाले यसको लागि परिस्थिति मिल्न पर्दछ मैले चार पटक को प्रयासमा मात्रै यात्रा पुरा गरे मेरो उदेश्य पितृ तर्पण संग जोडिएको हुनाले पनि परवास बाट नेपाल पुग्दा सानो तिनो अप्ठ्यारा हरु पर्ने भएकोले पनि लामो समय को प्रतीक्षा पछी मुक्तिनाथ यात्रा गर्ने रहर पुरा भएकोमा मन मनै खुसि लाग्ने नै भयो ।
यसपटकको दसैँ र तिहार बिचको बिदामा स्वदेश आएको र रोकिएको स्रोर श्राद्द औँसी मा घरमा गरेपछि मुक्तिनाथ जाने योजना बनाए र बार्षिक तिथि नपरेको भए पनि चौथि तिथि लाइ मध्ये नजर गरि औँसी पछिको चौथिमा कागवेनीमा तर्पण दिने उदेश्य साथ पुजनीय आमा र श्रीमति साथ कागवेनी हुँदै मुक्तिनाथको यात्रा तय गरे । यात्राको लागि पुजनीय आमा र श्रीमती संग सल्लाहा गरिसके पछी भखरै १२ कक्षा पड्दै गरेको छोरोलाई उसको परिक्षालाइ असर नपर्नेगरि घरको रेखदेख गर्ने जिम्मा लगाएर जाने निर्णय गरियो ।
पिताको तिर्थ तर्पण कार्यमा ममतामहि आमा र धर्मपत्नीको दुवै साथै हुनु मेरो लागि पनि अहो भाग्यको कुरा थियो त्यसले पनि मलाइ उत्साहित बनाएको थियो । छोराले रमाएर घरमा बसेपछि हामीलाई ढुक्क भयो । यात्रा को तयारीको लागि साधन आवस्यक थियो दुइ दिने यात्रा को लागि ७ जना अट्ने स्कार्पियोले जनही ४००० को दरले लाने लैजाने गर्दो रहेछ फोन मार्फत सवैकुरा मिलाएर धार्मिक भ्रमणको लागि आवस्यक पर्ने सामान सहित आवश्यक तयारी गरेर हामी प्रिथ्वि चोक वाट रिजर्व गाडी चड्ने गरि तनहु पोखराको गाडीमा तालचोक बाट पोखरा पृथ्वी चोक तिर हानियौ ।
अनौठो कुरा त यो थियो कि कास्किमा जन्मिएर पनि मैले नजिकैको छिमेकी जिल्ला मुस्ताङ्ग र मुक्तिनाथ गएको थिइनँ । तर आमा र श्रीमतीको यो दोस्रो भ्रमण थियो आमाले २०४६ सालामा मुक्तिनाथ को यात्रा ८ दिन लगाएर पुरा गेरको रमाइलो कुरा गरेको भने सुनेको थियो यो यात्रामा पनि आमाले यी कुरा अहरु सुनाउनु भयो र अज मिठो कुरा त त्यति बेलाको र अहिलेको परीवर्तन को तुलना आमाले गर्नु भएको थियो । त्यति वेला र अहिलेको अवस्था लाइ स्मरण गर्दै प्रत्यक्ष रूपमा देख्न पाउँदा आमा असाध्यै खुसी हुनु हुन्थ्यो ।
यात्रामा तपाइले पारा पुर्व कालमा पार्वतीले श्री महादेव पति पाउ भनि स्वस्थानीको ब्रत लिएर बसेको सहस्र धारा बाट सुरु हुन्छ यो कालि गण्डकी को छेउमै पर्दछ ठाउ राम्रो छ तर ब्यबस्थित छैन । बाग्लुंग कालिका तपाइँ हरुलाई व्याख्या गर्ने कुरा भएन त्यसपछि तपाइँ हरु नेपालको अग्लो झोलुंगे पुल हेर्न सक्नु हुनेछ जुन बाग्लुंग मा पर्दछ । यो पुल हेरी सकेपछी हामि गलेस्वर धाम म्य्गग्दी पुगीन्छ यो नेपालको एक पवित्र धाम मानिन्छ नेपालको दोश्रो पशुपतिनाथको रुपमा चिने यस तिर्थस्थल ९ रोपनी जगामा फैलिएको एउटा शिला माथि रहेको छ ।
गलेसोर धाम दर्शन पछी हाम्रो यात्रा दानातर्फ अगाडी बढ्यो ड्राइभर मार्फत नै एक होटल मा फोन सम्पर्क गरेर हाम्रो टिमले खाने खाना तयार पार्नु भनेर अडर गरियो बाटोमा नेपालको गहिरो गल्छी कालि गण्डकीको गल्छी को अवलोकन नगर्ने कुरा त भएन त्यसलाई नियाल्दै वर पर देखिने झरना नियाल्दै हामि दाना पुगेर खाना खायौ त्यहा तपाइले हर प्रकारका खाना हरु खान सक्नु हुन्छ । लम्जुंग तिरको मान्छेले चलाएको त्यो होटल सफा र चट्ट थियो श्रीमान् त्यहि बाटोमा गाडी चलाउने काम गर्ने भएकोले उहाहरु त्यहा गएर होटल संचालन गर्नु भएको रहेछ । श्रीमान गाडी चलाउने श्रीमतीले होटल चलाउदा राम्रै आम्दानि गर्नु भएको रहेछ । दानामा खाना खाएर मुस्तांग तिर हानिदै गर्दा बाटोमा रुप्से झरना पर्दछ जुन झरना नेपालको ठुलो झरना मध्ये एक हो यस झरनाको कन्चानतामा रमाए पछी मार्फा पुग्नु भन्दा पहिले तपाई यस्तो समथर मैदानमा पुग्नु हुन्छ जहा बाट देखिने मनोरोम द्रिस्यको व्याख्या गरिसक्नु छैन । यहाँ अबाट अगाडी वढे पछी मार्फा वजार पुग्नु हुन्छ यसको सुन्दरता “क्या राम्म्रो स्याउ बारी मार्फा वजारको भन्ने गित बाटै तपाईलाई थाहा हुन्छ । त्यहा तपाइँ हरु हिमाली ड्रेस लगाएर स्याउबरी र विभिन्न फिल्म सुटिंग हुने गल्लि हरुमा रमाउन सक्नु हुनेछ ।
यहा रमाई सकेपछी बल्ल यात्रा जोमसोम तिर बढाउन सकिन्छ पहिलो दिनको यात्रा मुक्ति नाथ नपुगी कन जोमसोम वा कागवेनिमा बास बस्दा लेक लाग्ने डर कम हुन्छ भन्ने भनाइ रहेछ हामीलाई पनि त्यस्तै लाग्यो र काग वेनी सम्म पुग्ने इच्छा हामीले जाएर गर्यौ । जोमसोम वजार सानो तर मिलेको लाग्यो मलाइ गाउले परिवेस पाउँदा मन फुरुङ्ग नहुने कुरै भएन । हामी जोमसोम पुग्दै गर्दा गाडीमा जोम्सोमे बजारमा १२ बजे हावा सरर हे हजुर घर हाम्रो पोखरा बोलको गित बजाउंदै थियौ यो गीतले जोमसोमको महत्व दर्शाएको मात्रै छैन हामि सवै यात्री पोखरेलि भएकोले पनि थप रौनक हामीलाई लागेको थियो ।
जोमसोममा चिया पिएर हामि दुम्वा ताल भएर कागवेनी वास बस्न पुग्नेगरि हाम्रो गाडी अगाडी बढ्यो । धुम्बा ताल (२८३० मिटर) नेपालको मुस्ताङ जिल्लामा जोमसोम र ठिनी गाउँ नजिकै अवस्थित एक सुन्दर, पवित्र ताल रहेछ । यो ताल यस क्षेत्रको पर्यटक लाइ लोब्याउने सक्ति बनेर बसेको छ । यति ठुलो उचाइमा न १२ रै महिना हिंउ परेको हुन्छ नत यो तालमा आउने पानीको कुनै श्रोत स्पस्ट देखिन्छ सामन्य तरिकाले सोच्दा अचम्म लाग्दछ । तालको उत्पतिको स्थान र वातावरण लाइ निहाल्दा रहेछा यो यहा बाट जोमसोम बजार सुन्दर देखिन्छ । तालको सुन्दरता ले युवा युवती निकै लोभ्याई रहेको हामीले पायौ ।
मुक्तिनाथ जाँदा यो ताल हेर्नु भएन भने तपाइलाई जोमसोम पुगेको मज्जा नै आउँदैन । तालको ठिक माथि संरक्षण समितिको अफिस छ त्यहाको एक कर्मचारी संग तालको नाम कसै बाट धुम्बा कसै बाट दुब्बा भनेको पहियो खासमा यसको नाम के हो र कसरि रयो भनेर सोद्दा उहाले एकिन त छैन तर दुम्बा भनेको भेडो र वढी भेडो हुने ठाउ भएकोले यस तालको नाम पनि दुम्बा ताल राखिएको हो कि भन्ने अनुमान१ रहेछ यहि दुम्बा विस्तारै अपभ्रम्स हुँदै धुम्बा भएको हो भन्ने मान्यता रहेछ ।
दुम्बा तालको अबलोकन पछी झम्के साँझमा हामि कागबेनी गएर बास बस्यौ सवैजना भोलि पल्ट मुक्तिनाथ पुग्नको लागि सात बजे रेडी हुने निर्णय सहित हामि छुट्यौ । यात्राका सारथि अन्य पांच जनाको कागबेनीमा खासै काम थिएन तर पहिलो दिन मुक्तिनाथ पुगेर बस्दा लेक लाग्न सक्छ नजाउ भन्नेमा उहाहरुले आफै भन्दै हुनुहुन्थ्यो मेरो काम थियो महिले चाहेको त्यस्तै इश्वरले जुरायो दुरुस्तै भन्ने मनमा लाग्यो र आनन्द लिए । तथापि मैले यो उ भनेर साथि हरुलाई बिहान अल्मल्याउने काम गर्नु हुँदैन भन्ने सोचले नै बेलुका नै एकजना पण्डित संग कुरा गरि बिहान पांचबजे भेट्ने र ६ बजे सम्म तर्पण सक्ने गरि हामीले योजना बनायौ । भोलि पल्ट तर्पणदिन पर्ने भएकोले त्यो बेलुका हामीले भोजन गरेरनौ फलफुल अर्थात् मार्फाली स्याउ र भेज सुपले गर्जो टार्ने काम भयो साथमा आमा भएकोले पनि सुप खाना उहालाई प्रेरित गर्नु पर्ने थियो किनकि हामीलाई त लेख लाग्छ भन्ने डर ७७ वर्षको आमालाइ बढी ख्याल गर्नु पर्ने नै थियो । समुन्द्री सतहबाट २८०४ मिटरको उचाइमा रहेको कागवेनीमा पनि त डराउनु पर्ने नै हुन्थ्यो । ७०० को पोखरा र २८०० को कागवेनी चनाखो हुनु त पर्ने स्वाभाविक पनि थियो ।
भोलि पल्ट हामि समय मै उपस्थित भएर तर्पण दियौ, मुक्तिनाथबाट आउने कागखोला र कालीगण्डकी मिसिने ठाउँलाई कागबेनी भनिएको रहेछ । त्यो दोभानमा आफ्ना पितृको श्राद्ध गर्दा पितृ हरुको आत्मा ले शान्ति प्राप्त गर्छन भन्ने मान्यता छ । कागवेनिमा तर्पण दिनु लाइ हिन्दु परम्परामा विशेस मानिन्छ कागबेनी शान्त र सुन्दर आफैमा छ पर्यटक लाइ बस्नको लागि त्यति अपठयारो पर्दैन काग वेनी मा उभिएर निहाल्दा तल कालीगण्डकी सूसाई रहेको, माथि मुक्तिनाथ दक्षिणमा हिमाल वरिपरि नांगा डाँडा देख्न सकिन्छ, पोखराको दशैको वेलाको भिड भाड छिचलेर र मुन्ग्लिन को पहिरोले गर्दा यात्रु हरु रोकिरहेको अवस्थामा माई कागवेनी निकै शान्त र आनन्दको लाग्यो ।
कागवेनिको काम समयमा सकाएर मुक्तिनाथ तर्फ यात्रा अगाडी वडाउन हामि होटल तर्फ लाग्यौ साथि हरु उठेर होटलको बिल तिर्दै हुनुहुँदो रहेछ, हामीले समयमै तर्पण सिद्द्याएका रहेछौ भन्ने लाग्यो । मिसेजलाइ कोठामा झोला लिन पठाएर मैले हाम्रो पेमेन्ट गरे होटल वालाले चिया पिउनोस भन्दै हुनुहुन्थ्यो हाम्रो इच्छा मुक्तिनाथ पुगेर कर्म पुरा गरेपछि मात्रै केहि खाने भएकोले हामीले चिया पनि न पिहिकन अगाडी बढ्ने निर्णय गर्यौ । त्यहा बाट मुक्तिनाथको यात्रा लगभग डेड घण्टा लाग्यो गाडीमा बाटो जोमसोम पुग्नु भन्दा काग बेनी बाट मुक्तिनाथ को सजिलो थियो । करिव आठ बजे गाडी बाट ओर्लेर हामि मुक्तिनाथ को दर्शन गर्न मनदिर तर्फ अगाडी वढयौ । आमालाई घोडा चडनु हामि बिस्तारै आऊछौ भनेको मान्नु भएन धर्मगर्न आएकी हु हिडछु भन्नु भयो । नजिकै एउटा काठ मिलबाट एक काठको लौरी लिएर आमा लाइ दिएको बाटो तेस्रो होस् वा ठाडो मैले नै आमालाई भेट्न सकिन । मन्दिरमा गएर पहिला १०८ धारा नुहाउने अनि कुण्डमा डुबेर मात्रै कपडा फेरेर मंन्दिरमा पुजा आजा गर्ने चलन रहेछ हामीले त्यहि गर्यौ । “तर मलाइ लागेको पहिला कुण्डमा डुबेर धाराको पानीमा नुहाउने परिपार्टी भए अल्ली राम्रो हुन्थ्यो कि भन्ने लाग्यो” निजि विचार ।
मुक्तिनाथ को दर्शन पछी धेरै पर्यटक उपल्लो मुस्तांग जाने गर्दा रहेछन हाम्रो यात्रा नितान्त धार्मिक र साथमा आमा हुनु भएकोले पनि त्यो भन्दा माथि जाने हामीले इच्छा राखेनौ । पुजाआजा सकेर नजिकैको बुद्द गुम्बा हेर्न गयौ जहा गुम्वाको भित्रि भागमा धिप धिपे बत्ति बलेको छ जसलाई कवि माधव घिमेरे ले कविता मार्फत ब्यक्त पनि गर्नु भएको छ “बल्छन् बत्ती झलमल जहाँ भुलभुले मूलभित्र” । गुम्वा को दर्शन गरेर हामि मन्दिर फेदीका रेस्टुरेन्ट सम्म आइ पुग्दा बिहानको साढे दस भएको थियो तव मात्रै हामीले नास्ता गर्यौ संगै गएका साथि हरु माथि घुम्दै थिए । हाम्रो प्लान नै ११ बजे फर्कने गरितय भएकोले पनि नास्ता खाने समय मिल्यो नास्ता खाएर केहि समय हिडे पछी मात्रै हामी गाडी भएको ठाउमा आइपुग्यौ । साथि हरुलाई कुर्न थालदै गर्दा मैले हिंजो देखिको यात्रा र आज पोखरा फर्कने क्रममा साथि हरुलाई कुर्दै यात्राको बारेमा सम्झन पुगे ।
नेपाल आफैमा प्रकृतिको सौंदर्यले भरिपुर्ण र धार्मिक रुपले पनि प्रसिद्द देश हो र जांहा पर्यटकीय हिसावले प्रचुर सम्वाहना छ तर पनि हामि हरु मानव संसाधन निर्यात गरेर त्यहा बाट आएको रेमिटेनस र अन्तरास्ट्रिय बस्तु आयातमा राज्यले लिएको करबाट जुँगामा ताउ लगाएर देशमा राजनैतिक रोटि किन सेक्दै छौ के यहि होत २१ औ सताब्दीको हाम्रो विकास मोडल रु के युवा श्रम निर्यात गर्दैमा देश सम्पन्न वन्दछ त रु हुन त मैले सोचेर भनेर केहि हुनेहैन मन भित्रको वह न हो, यदि राज्यले चाहेमा भने हुन्छ राज्यको निकायले कार्य नगरेको देखेर नै यस्ता कुरा हरु मनमा उब्जन पुगेका हुन् ।
नेपालमा मुस्ताङ, मात्रै हैन मुस्तांग पुग्दा सम्म यात्रा गरिने जिल्ला हरु मात्रै हैन ७७ वटै जिल्ला हरु पर्यटकीय दृस्टीकोण र धार्मिक दृस्टीकोंनले महत्वपूर्ण छन, यहि मार्गमा पर्ने सहस्रा धारा, वाग्लुंग कालिका, पंचकोट, सालिकग्राम संग्रालय, गलेस्वर धाम, कालिगण्डकीको गल्छी, रुप्से झर्ना, तातो पानि, मार्फा, कागवेनी जस्ता ठाउ जसले पर्यटक लाइ लोभ्याको छ तर राज्यले आफ्नो हिरा नचिनेर युवा निर्यायत गरेको छ सोच्दा सोच्दै मन भारि हुन पुग्यो । आफु सानो हुँदा सुनेको लोकप्रिय मुक्तिनाथ क्षेत्र जोमसोम बाग्लुंग कालिका गलेस्वर जस्ता ध्रामिक तिर्थस्तल भएका ठाउमा जाने सडक अनि भौतिक संरचना निर्माणमा त यति पछाडी रहेछौ हामि त्यस्तो अवस्थामा रहेको मुक्तिनाथ क्षेत्रमा पर्यटक को घुइचो देख्दा यस क्षेत्रको बाटो घाटो को सुविधा र ट्रेकिंग मार्ग विभिन्न भुबाग बाट ध्यान पुर्याएर वनाउन सके आन्तरिक र बाह्य पर्यटकको हब बनाउन सकिन्छ । त्यति मात्रै हैन लुम्बिनी र मुक्तिनाथ लाइ छोटो गन्तव्यको रुपमा जोड्न सके चिन र भारतबाट आउने धार्मिक पर्यटकको गन्तव्यको हव नेपाल बन्न सक्दछ फलस्वरूप देसमा स्वरोजगारी बढ्न गइ आर्थिक उन्नतिको ढोका खोल्दै मानवीय श्रमसाधन निर्यात गर्ने कार्य देशबाट अन्त्य हुन सक्दछ भन्ने निचोडमा मा पुगे हुनत निचोड र मनको कुराले हुने केहि हैन राज्यको योजाना भित्र यस्ता कुरा पर्न सके मात्रै देश विकास् हुने हो भन्ने निचोडमा तरंगीदै गर्दा ड्राइभरको जाउ भन्ने आवाज ले झसक्न पुगेछु ।
हाम्रो टिम मुक्तिनाथ मन्दिर लाइ वाई वाई गरेर झर्दै गर्दा वारी पारीको द्रिस्य निकै रमाइलो थियो श्रीमती ले केहि थान भिडियो र फोटो कैद गरिन । गाडी बेत्तोड़ ले मुस्ताङ्ग तिर हानिदै थियो लचं मार्फामा खाने भन्ने योजना अगाडी नै बनेको थियो । वाटोमा आमाले २०४६ सालमा आउँदा खेरीका कुरा यहाँ यस्तो थियो उस्तो थियो खच्चड च्यांग्रा को लहर उसलाई बाटो छोड्दा भितामा टाइसिएका कुरा सुनाउनु भयो अहिले त बाटो सजिलो बनेछ थकाइ नै लागेन भन्दै गर्दा मैले भने यो सव जस अगाडिको ड्राइभर भाइलाई हो यस्तो डरलाग्दो बाटो घरि घरि पहरामै टासेर अप्ठ्यारो खोला तारेर चुचे ढुंगाको बाटोमा जसरि चलाउनु भएको छ थाकनाको अनुभूति उहालाई होला यस्तै उस्तै कुरा गर्दै झरियो । जोमसोम मुक्तिनाथ या मार्फा घुम्नेहरू त्यति बेला घोडा चढेर यात्राको मज्जा लिन्थेरे उहाले पनि देख्नु भएको रहेछ । तर अहिले त महिन्द्रा जिप, स्कर्पियो तथा मोटरसाइकलको बोलावाला भेटियो मार्फामा स्ट्याचु चौरी मात्रै देखियो आमाको भनाइ जस्ताको तस्तै ।
अन्त्यमा मार्फामा आएर लन्च लिने र घर फर्कने कोसेलीको रुपमा मार्फाली स्याउ र त्यस बाट बनेका परिकार हरु किनेर गाडीलाइ थप भार दिंदै रुप्से झरना तातोपानी हुँदै पोखरा फर्कने कार्य सुसम्पन गरियो । मुक्ति नाथ देखि पोखरा सम्मको यात्रामा कास्की प्रवेस नगरे सम्म कालिगण्डकी को सुस्केर सुन्न पाहिंन्छ यहि सुस्केरा बिच कवी माधव प्रसाद घिमिरेको काली गण्डकी शिर्षकको कविता मन मन सम्जन पुगे ।
माछापुच्छ्रे गिरिशिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुलभुले मूलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम
काली गङ्गा १ भनन कसरी कुँद्दछ्यौ शालिग्राम
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्। पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो। यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ। कालीगण्डकी नदीको वैविध्य ९धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका० लाई आम मानिसका बीच परिचित पनि छ । यहा प्राप्त हुने सालिक ग्राम बिस्वमै लोकप्रिय पनि छन् । मुक्तिनाथको यात्रा पोखरा बाट गर्दै गर्दा कास्की बाट सुरु गर्दा पर्वत, बाग्लुंग, म्याग्दी र मुस्तांग पांच जिल्ला को भ्रमण हुन्छ भने कास्की छोडेपछी कलिगण्डकी को सेरोफेरो घुम्दै मुक्तिनाथ पुगीन्छ ।
मुक्तिनाथ धार्मिक र पर्यटकीय दृस्टीकोण दुइ किसिमले जान सकिन्छ यदि तपाइँ हरु धार्मिक रुपमा जाने हो भने तिन या दुइ दिनको यात्रा को सेडुल वनाउँदा राम्रो हुन्छ यदि त्यसो गर्न सकियो भने वाग्लुङ्ग पंचाकोट को पनि दर्शन गर्न सकिन्छ । नर्मल दुइ दिनको प्लान गर्दा पंच कोट छुदछ । तपाइँको यात्रा ध्रामिक हो भने दुइ दिनको यात्रा तय गर्नु भएको छ भने पहिलो दिन घरमा खाना नखाई यात्रा गर्नु होला किनकि बाटोमा सहस्र धारा, बाग्लुंग कालिका र गलेसोर धार्मिक तिर्थस्थल रहेका छन् यिनी हरुको दर्शन गरेर दानामा पुगेर खाना खाँदा उचित हुन्छ यदि बिहान खाना खाएर निस्कियो भने मन्दिरमा पुजा आजा गर्न मनले मान्दैन । समग्रमा जीवनमा एक पटक मुक्तिनाथ को यात्रामा हर कोहि नेपालि पुग्नु पर्दछ भन्ने यस यात्राले मलाइ शिक्षा लिदै सवैलाई मुक्ति नाथ को दर्शन गर्न एक चोटी पुगन अनुरोध पनि गर्दछु ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij